आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकामा बजार अनुगमन

बुढिनन्दा नगरपालिकामा बजार अनुगमन

  • सोमवार, फाल्गुन २३, २०७८
बुढिनन्दा नगरपालिकामा बजार अनुगमन

बाजुरा — बाजुराको बुढिनन्दा नगरपालीकामा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरु बरामत भएका छन् । उपप्रमुख सृष्टि रेग्मिको नेतृत्वमा कोल्टि बजार अनुगमन गरिएको हो ।
कोल्टी बजारमा म्याद गुज्रेका खाद्य सामाग्री बरामद गरी नष्ट गरिएको छ । ब्यवसाय दर्ता, नवीकरण प्रमाण पत्र लगायत खाद्य पदार्थको गुणस्तरको निरीक्षण गरिएको थियो । अनुमनक क्रममा भेटिएका अखाद्य बस्तु सुजि, बिस्कुट, पेय पदार्थ बरामद गरि नस्ट गरेको नगरपालिकाले जनाएको छ । दर्ता प्रक्रियामा नआएका ब्यवसायलाई ७ दिनको म्याद दिइ दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।
बुढिनन्दा नगरपालीकाले अनुगमनमा उप प्रमुख सृष्टि रेग्मि नगरपालिका कर्मचारी, पत्रकार, उधोग वाणिज्य संघको प्रतिनिधि, सुरक्षाकर्मीको टोलीले बजार अनुगमन गरीएको बुढिनन्दा नगरपालीका उप प्रमुख सृष्टि रेग्मीले जानकारी दिइन् । सदरमुकाम मार्तडी पछिको ठुलो बजार कोल्टि बजार रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार