• होमपेज
  • कला /साहित्य
  • नारी दिवस को सन्दर्भ ।

नारी दिवस को सन्दर्भ ।

  • आइतवार, फाल्गुन २२, २०७८
नारी दिवस को सन्दर्भ ।

जुँगराज राँहु मगर  — नारिहरु घर को गहना को रूपमा मात्र नबुझेर नारिहरु देश को स्वाभिमान बचाउने एउटा् अभिन्न अङ्ग को रूपमा बुझ्न पर्द छ । नारिहरु ले लामो संघर्ष यात्रा बाट संविधान मा समानुपातिक अधिकार सुनश्चित गरेको छ । नारिहरु लाई पढ्न लेख्न ,आफुलाइ लागेको बिचार लाई प्रकट गर्न पुर्ण आधिकार छ। नारी हरु लाई बच्चा जन्माउने मेशिन को रूपमा बुझ्ने पिछडिएका सामन्ती सोच तथा बिचार मा केही रूपमा परिवर्तन आएको छ। नारी हरु कतै सभा सम्मेलन मा उपस्तिथि हुने तथा संगठन मा आवद्ध भएर आफ्नो क्षमता प्रदर्शन गर्न सक्द छ्न ।नारी हरु लाई विभिन्न समयमा अथवा वेद हरु पनि उच्च रूपमा प्रकट गरेको पाइन्छ । जस्तो देवि ,पार्वती ,सरस्वती ,लक्ष्मी, भगवती ,सीता लगायत नारिहरु लाई भगवान को रूपमा उच्चकोटी मा राखिएको छ। त्यस्तो हुनु पछाडि को कारण नारिहरु मा हुने अत्यन्तै उच्च गुण हरु को कारण हो । मैले धेरै व्याख्या गर्न लागेन तर नारी हरु को काम र उनिहरु ले देखाएका ब्यवहार र मैले प्रत्येक्ष देखेका केही बिसयमा कोट्याउन जमर्को गरेको छु । घर मा छोरी मान्छे छिन भने सानै बाट उनिहरु लाई घर को सम्पुर्ण काममा लगाइन्छ ।झाडु मार्ने लिपपोत गर्ने घाँस ,दाउरा काट्न तथा कपडा हरु लाई सम्हालेर राख्न लगाइनछ तथा स्वयं आफू हरु पनि सरिक हुन्छिन । तर छोरो मान्छे छ भने उसले एक त गर्ने छैन गर्यो भने पनि सम्पुर्ण ध्यान दिएर गर्दैन ।जस्तो बिधालय मा पुरुष शिक्षक र महिला सिक्षिका लाई पनि अन्तर गरेर हेर्यो भने पनि महिला शिक्षक ले बिद्यार्थी हरु तथा साना साना बच्चा बच्चिहरु को राम्रो संभार र संरक्षण गरेको देख्खिन्छ । त्यसै भएर हुनुपर्छ कुनै बिधालय बाट शिक्षिका आर्को स्थान मा सरुवा भएर जाने क्रममा बिदाइ को दिन सबै बिद्यार्थी हरु को आँखा बाट आशुहरु झरेको देख्खिन्थ्यो र देख्खिन्छ पनि किन त्यस्तो भयो होला भन्दा ती शिक्षिका ले पढाउने मात्र गरेनिन बिद्यार्थी तथा साना बालबच्चा हरु ने लाई अगाद प्रेम गरिन माया ममता देइन । जस्तै गाउँ घर मा आफ्नो नजिक का नातेदार को मृत्यु हुन्छ अथवा आमा, बुवा ,दाजु ,भाइ जो कोइ होस ,त्यसमा सबै भन्दा भावविहोल भएर सबै को आँखा बाट आँसु झार्ने गराउने नारी हुन्छिन । हामी कुनै अफिसियल काम को लागि रेलवय तथा बैंक मा जाउ त्यहाँ पुरुष कर्मचारी छ भने वास्ता नगर्न पनि सक्छ तर नारी छिन भने शिस्ट शब्दमा भन्छिन कहाँ बाट आउनु भयो । कहाँ जाने हो अथवा केही काम थियो कि ? भनेर सोध्छिन । भारत मा तथा अन्य देशहरु मा कामको शिलशिला मा बैंक, रेल्वे कुनै अफिस मा काम पर्यो हामी केही सोधपुछ को लागि गयौं भने नारी छिन भने सहि कुरो तथा सहि तरिका बताइ दिन्छिन । यदि पुरुष छ भने ठूलो बनेर बाहिरी नगरिक हो भनेर केही कुरो सोद्धा पनि रिसिएर आफ्नो घमण्ड को औकात देखाइ हाल्छ। कतै गाउँ मा घरको छोरो को निधन भएको छ भने उसका छोराछोरी हरु को राम्रो संहार घर कि हजुर आमा बाट बढी हुने देख्खिन्छ। टुहुरा बालबालिका लाई कोहि कसैले अपहेलना गरे भने हजुर आमा द्वारा अपहेलना गर्नेहरु माथी जाइ लाग्छिन।कतै पुरुष कर्मचारी छ्न र साथमा नारी पनि कर्मचारी छिन भने घुस लिँदा नारी ले खासै घुस प्रती चाहाना नगर्न पनि सक्छिन तर पुरुष छ भने घुस नभई हुँदैन । साथै एक ठाउँ म कुनै काम को लागि गएको थिए । त्यो घर को सानो नावालक बिरामी पर्यो बिरामी पनि चरिफाय भयो उ एक्कासि बेहोस भयो साथमा बुबा र आमा थिए त्यो बच्चा ले जिब्रो टोक्यो जिब्रो टोक्दा त्यो बालक लाई नोक्सान हुन्थ्यो बुबा अलमल परे तथा आमा ले जबर्जस्त आफ्नो औंला बच्चा को मुख मा कोचेर जिब्रो निकाली दिए त्यो बच्चा ले आमा को औंला टोकेर रक्ताम्य भएको थियो । तर ती आमा ले दुखेको महसुस गरेकी थिइनन । यस्ता अनगिन्ती उदाहरण हरु बाट स्पष्ट थाहा हुन्छ प्राकृतिक रूपमा बाट नै नारिहरु को स्थान उच्च र सम्मान योग्य हुन्छ ।नारिहरु संगठित रूपमा अगाडि आइरहेको अवस्था छ ।नारी हरु लाई गलत नजर र कुदृश्टी लगाउने समय सिध्धी सकेको छ ।आज बाट दुई दिन पछि नारिहरु ले अन्तर्राष्ट्रिय रुप बाट नारी दिवस मनाउन जाँदैछ्न । त्यसको सुरुवात गर्ने नारी क्लारा जेट्किन हुन । उनले महिला हरु लाई समान ज्याला ,मताधिकार लगायत बिसयमा आन्दोलन गरेर उपलब्धि हासिल गरेको दिन हो ।1910 मा अन्तर्राष्ट्रिय नारिहरु ले कामकाजी नारिहरु ले कोपेनहेगन को अन्तर्राष्ट्रिय सम्मेलन मा 17 देश बाट प्रतिनिधि 100 जना नारी तथा महिला हरु को उपस्थिति मा सम्मेलन सम्पन्न गरेका थिए । त्यसै सम्मेलन बाट नारिहरु ले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गरेका थिए । नारिहरु लाई हेर्ने र गरिने ब्यवहार हरु अत्यन्तै पिछडिएका को गए गुर्जेको चिन्तन बाट आंशिक रूपमा माथी उठेको तथा नारिहरु ले उपलब्ध प्राप्त गरेको दिन को रूपमा बुझिन्छ । सबैभन्दा पहिला 2011 मा अस्ट्रिया,डेनमार्क ,जर्मनि ,और स्वजरल्याण्ड ,मा अन्तर्राष्ट्रिय नारी दिवस मनाएको थियोे । संयुक्त रास्ट्र संघ द्वारा 1975 मा मान्यता दिएको थियोे । नारिहरु लाई अहिले पनि पुर्ण अधिकार र उनिहरु हेर्ने नजर हरु सकारात्मक छैनन । महिला हरु लाई अहिले पनि अनेकौं समस्या ले प्रताडित छ्न । कतिपय नारि हरु लाई बलात्कार पछि हत्या गरेका हत्यारा हरु अहिले पनि पक्राउ तथा कारबाही भएको छैन ,एक मात्र उदाहरण ल्याउद निर्मला पन्त हुन । पश्चिम् का जिल्ला हरु बाट छाउ प्रथा, तथा एकल महिला र असहाय महिला हरु लाई बोक्सी को आरोप लगाएर दमन गर्ने बिग्रेको संस्कृति गएको छैन ,रोजगारी को शिलशिला मा अलपत्र पारिएको चेलिहरु उद्धार ,विभिन्न बहानामा बेस्यालय पुराइएका चेलिहरु को उद्धार भएको छैन । गाउँ घर मा पुरुष सरह नारी ले गरेको काम को ज्याला दिने चलन छैन । घर बाट महिला हरु लाई सभा सम्मेलन काम काजको लागि स्वतन्त्रता पुर्बक जान सक्दैनन । महिला हरु माथी हुने घरेलुु हिंसा तथा समाजबाट हुने हिँसा हरु बाट मुक्त छैनन । यो धर्ती मा महिला हरु अथवा नारी हरु को अधिकार पुर्ण हुन जरुरी छ ,स्वतन्त्र र स्वाभिमानी भैइ बाच्ने अधिकार पाउनु पर्छ । सम्पुर्ण अधिकार प्राप्त गर्न नारिहरु को जोडबल ले मात्र पुग्दैन त्यस मा पुरुष हरु को पनि सहभागीता र आवश्यकता हुन्छ । एक रथका दुई पाङ्ग्रा सरह नारी र पुरुष बिचको पारस्परिक सम्बन्ध र संघर्ष ले यो दुनियाँ लाई बदल्न मद्दत पुग्ने छ ।महिला हरु तथा नारिहरु को पृथक आन्दोलन ले मात्र उपलब्धि हासिल गर्न असम्भव छ। बर्गिय समाज भित्र सबै श्रमजीवी बर्ग लाई संगठित गर्दै चेतना जागृत गराउँदै बिचारमा परिस्कृत पार्दै लैजानुपर्छ ।यो पुँजिवादि युग मा समान अधिकार पाउन सकिदैन ।अझ एक खुड्किला पार गर्नु छ । त्यो खुड्किला भनेको नैलोजनवादी क्रान्ति पश्चात् समाजवाद र साम्यवादी ब्यवस्था हो । त्यो ब्यवस्था सरल र सहज तरिकाले आउदैन । संसार भरिका मजदुर ,किसान ,महिला ,जनजाति ,दविएका सबै बर्ग हरु एक साथ उठन पर्ने छ । साम्राज्यवाद र सामन्त दलाल पुँजिवादी तत्व हरु लाई धराशायी पार्नु छ । र यो धर्ती मा मानव जाती ले चाहेको उत्कृष्ट बैज्ञानिक समाजवाद तथा साम्यवाद ल्याउने छ ।

चर्चामा

सम्बन्धित समाचार