शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ३
  • काठमाडौँमा दूधको गाडी र बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ

काठमाडौँमा दूधको गाडी र बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ

  • सोमवार, फाल्गुन १६, २०७८
काठमाडौँमा दूधको गाडी र बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । सोमबार बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले  बताए ।

बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार