• होमपेज
  • समाज
  • दुर्गमका महिला पाठेघर खस्ने समस्याले आक्रान्त

दुर्गमका महिला पाठेघर खस्ने समस्याले आक्रान्त

बर्षौ देखि रोग लुकाउदै दुर्गमका महिला

  • शुक्रबार, फाल्गुन १३, २०७८
दुर्गमका महिला पाठेघर खस्ने समस्याले आक्रान्त

बाजुरा–बडिमालिका ८ कि ४५ बर्षिय बेलु ऐडिको तल्लो पेट दुख्ने समस्या भएको तिन बर्ष भयो । दुई बर्ष सम्म उनले कसैलाई भनिन्, रोग लुकाउदै बसिन् । जब उनलाई अफ्ठयारो भयो, तब मात्र घरपरिवारलाई भनिन् । घरपरिवारले उनलाई जिल्ला अस्पताल बाजुरा पुयाए । त्यहाँ सञ्चो नभएर अछामको बयलगडा अस्पताल सम्म लिए ।
बेलु ऐडिलाई बयलपाटामा पनि सञ्चो नभएपछि उपचारका लागि काठमाडौ पुयाए । आर्थिक अबस्था कमजोर भएकि बेलुलाई Medical Rehabilitation Organization ले उपचारमा सहयोग गरिरहेको छ । दुई बर्ष रोग लुकाएर बसेकि बेलुको पाठेघर नै निकालेर फाल्नु पर्ने अस्पतालले जनाएको छ । उनको दुइवटा अप्रेशन गर्नुपर्ने रहेको छ । चिकित्सका अनुसार लामो समय देखी रोग लुकाएका कारणले उनको पाठेघर खस्ने समस्या अन्तिम चरणमा पुगेर यो अबस्था पुगेको वताएका छन् ।
बेलु ऐडिले एकातिर लाज मानेर रोग लुकाइरहिन्, भने अर्कोतिर आर्थिक अबस्था कमजोर भएर रोग पालिरहेकि थिईन् । अस्पतालले रिफर गरेको ६ महिना पछि मात्र संस्थाले सहयोग गर्ने भएपछि उपचारमा काठमाडौ पुगेकी हुन् ।
हिमाली गाउँपालिका ३ बस्ने ५८ बर्षिय सुन्तला रोकायाको पाठेघर खस्ने समस्या भएको ३ बर्ष भयो । शुरु शुरुमा लाज मान्ने भएका कारण उनले यो समस्या लुकाउदै आईन् । अप्ठयारो समयमा आएपछि मात्र उनले उपचार गरिन् । लाज मान्ने भएका कारण रोग लुकाउदै थिए, कसैलाई पनि भनिन, अहिले सारै ग्राहो भएपछि मात्र छोरालाई भनेपछि उनको उपचार भएको सुन्तलाले वताईन् ।
बडिमालिका ८ बस्ने ३५ बर्षिय जलु साउदको पाठेघरमा समस्या आएको २१ बर्ष भयो । १४ बर्षको उमेरमा पहिलो बच्चा पाएको बेला उनमा समस्या देखिएको थियो । त्यसपछि पनि उनले ३ वटा बच्चाको जन्म दिईन्, तर उनले आफ्नो समस्या कसैलाई भनिन् । सारै समस्या भएपछि मात्र श्रिमानलाई भनेपछि उनले समस्या भएको २१ बर्षपछि उपचार गरेको उनका श्रीमान जय साउदले वताए ।
यि केही उदाहरण मात्र हुन् । यि जस्तै दुर्गमका महिलामा पाठेघर खस्ने समस्याले आक्रान्त बनेका छन् । जिल्लाका ग्रामीण समुदायमा बसोवास गर्ने महिला यो समस्या बाट बढी पीडित भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
धेरै महिलाहरु यौन रोग लुकाएर पालिरहेकि छन् । अफ्ठयारो अबस्थामा मात्र स्वास्थ्य संस्था पुग्ने गरेका छन् । बाजुराका दुर्गम गाउँमा पाठेघर खस्ने समस्या निकै बिकराल बन्दै गएको पाइन्छ । यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकाली अ‍ोराली गर्नु पर्ने, भारी बोक्नु पर्ने, बच्चा धेरै जन्माउँनु पर्ने अशिक्षा लाज मान्ने प्रवृत्ति लगायतका कारणले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले वताएका छन् । दुर्गमका महिलाहरु अझै पनि यौन रोगहरु लुकाउने गरेका छन् । जसका कारण बर्षौ देखी रोग लुकाएर बस्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार