शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • कञ्चनपुरका हेमराज अवस्थीले भने, ‘म ज्युँदै छु’

कञ्चनपुरका हेमराज अवस्थीले भने, ‘म ज्युँदै छु’

  • बिहिबार, फाल्गुन १२, २०७८
कञ्चनपुरका हेमराज अवस्थीले भने, ‘म ज्युँदै छु’

अहिले सामाजिक सञ्जालमा मृत्यु भएको भनेर खबर फैलाइएका कञ्चनपुरका हेमराज (हेमन्त) अवस्थीले आफू ज्युँदै रहेको बताएका छन्। आफू कञ्चनपुरमा सकुशल रहेको बताउँदै उनले आफ्नो मृत्युको खबर झुटो भएको बताएका हुन्। उनले भने, ‘मेरो मृत्युको खबर गलत हो। म यतै कञ्चनपुरमा छु र म ठिक छु।’
बिहीबार काठमाडौंमा एमसीसीविरुद्धको प्रदर्शनमा उनको मृत्यु भएको भनेर सामाजिक सन्जालमा श्रद्धान्जली दिन थालिएको छ। उनी अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालयका विद्यालयका अध्यक्ष हुन्। उनको विद्यार्थी संगठनका नेताहरुले पनि हेमराजको आन्दोलनमा मृत्यु भएको भन्दै झुठो खबर फैलाएका छन्।
बिहीबार काठमाडौंमा एमसीसी विरुद्धको प्रदर्शनमा अर्का हेमराज अवस्थी भने घाइते भएका छन्। उनको शल्यक्रिया गर्ने तयारी भइरहेको छ। उनको परिवार अहिले सम्पर्कमा आइसकेको र केहीबेरमा अपरेसन गरिने प्रहरीले जनाएको छ।

आज नयाँ बानेश्वरको विजुलीबजार क्षेत्रमा भाग्ने क्रममा २६ वर्षीय अवस्थीको टाउको चोट लागेको थियो। प्रत्यक्षदर्शीकाअनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते भएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो। दिनेशखबर

चर्चामा

सम्बन्धित समाचार