शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाचार
  • एउटा कटहरको मूल्य २५ हजार !

एउटा कटहरको मूल्य २५ हजार !

  • बिहिबार, फाल्गुन १२, २०७८
एउटा कटहरको मूल्य २५ हजार !

कटहरको यो तस्वीर बीबीसीका पत्रकार रिकार्डो सेनेराले खिचेका थिए, जुन उनको मुलुक ब्राजिलमा ट्वीटरमा भाइरल बनेको छ ।

यो तस्वीरलाई १ लाखपटक शेयर गरिएको छ । लण्डनको सबैभन्दा ठूलो र सबैभन्दा पुरानो बजारको रुपमा रहेको बोरो मार्केटमा यो कटहर १६० पाउण्ड अर्थात् २५ हजार रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री भैरहेको थियो ।

कटहरको यो मूल्यले ट्वीटरमा मानिसहरूको सातो लिइरहेको थियो । कतिपय ब्राजिलियनहरूले त आफू अब कटहर बेचेर करोडपति बन्नका लागि ब्राजिल जान लागेको टिप्पणी गरेका थिए ।

ब्राजिलमा कटहर निकै सस्तो मूल्यमा पाइन्छ र गोटाको अधिकतम १ सय रुपैयाँसम्म पर्दछ । धेरै ठाउँमा त सित्तैमा तथा सडकमै कुहिएको पनि देखिन्छ ।

उत्पादक मुलुकमा यति सस्तो रहेको कटहर बेलायतमा किन यतिधेरै महँगो भयो ? अन्तर्राष्ट्रिय स्तरमा कटहरको मागमा यतिधेरै उछाल किन आयो ?

ब्राजिलको साओपाओलोमा ३ हजार थरीका फलफूलको बागवानी सञ्चालक कम्पनीका सीईओ सबरीना सारतोरीका अनुसार देशमै पनि कटहरको मूल्यमा उतारचढाव आइरहन्छ । कतिपय ठाउँमा त मानिसहरुले रुखबाट सित्तैमा कटर टिपेर लैजान सक्दछन् । तर केही ठाउँमा चाहिँ महँगो छ ।

बेलायत जस्ता चिसो मौसम भएका देशमा व्यवसायिक रुपमा कटहरको उत्पादन हुँदैन ।
विज्ञका अनुसार कटहरको अन्तर्राष्ट्रिय व्यापार निकै पेचिलो र जोखिमपूर्ण छ । यसका विभिन्न कारणहरु छन्, जसमा छिटै बिग्रिने, नितान्त मौसमी फल हुनु तथा यसको आकार जस्ता कुराहरू छन् ।

एउटा कटहरको वजन ४० किलोसम्म हुन सक्दछ । यो फलको आयु कम हुनछ भने यसको ढुवानी तथा प्याकिङ पनि निकै जटिल हुन्छ । कटहर छिटै पाक्ने र यसबाट आउने अनौठो गन्ध जोकोहीलाई मन नपर्ने हुनसक्दछ ।

विभिन्न अड्चन तथा जटिलताका बाबजुत पनि कटहरको अन्तर्राष्ट्रिय बजार चाहिँ बढिरहेको छ । सन् २०२६ सम्ममा कटहरको अन्तर्राष्ट्रिय बजार ३५ करोड ९१ लाख डलरसम्म पुग्नसक्ने अनुमान गरिएको छ ।

हाल एसिया प्रशान्त क्षेत्र कटहरको सबैभन्दा ठूलो बजार हो, जसले विश्व कटहर बजारको ३७ प्रतिशत हिस्सा ओगटेको छ ।

दोश्रो ठूलो बजारको रुपमा २३ प्रतिशत हिस्सासहित युरोप रहेको छ भने चौथोमा अमेरिका, पाँचौंमा अन्य क्षेत्र र छैटौंमा दक्षिण अमेरिका रहेको छ । बीबीसीबाट

चर्चामा

सम्बन्धित समाचार