बिकृती र बिसङ्गती ,
बढ्यो देशैभरी।
हर घर बिचल्ली पर्छन्,
यिनी काम चले भने सधै भरी।।
धर्ती भन्छन् नारीलाई ,
पुरुष हुन रे आकाश ।
हामीहरुले सुन्दर जीबनलाइ,
नपारौ न सकस।।
एक घरमा गल्ती भए ,
आउँछ सबको नाम।
समाजलाई दुर्गधित पार्ने,
नगरौ न काम।।
कमजोरलाई माथि उठाउन,
मिल्दा आरक्षण ।
गलत ठाउमा प्रयोग गरेउ ,
भएन संरक्षण ।।
घर सपार्ने काम भन्दा,
बिगार्नमा लाग्यौं ।
स्वतन्त्रताको नाम दिई ,
बिगार्नमा जाग्यौ।।
परिबार बिदेश लाग्यो ,
मुटुमा पथ्थर राखी।
उहीँ दिनबाट सुरु हुनेरे ,
उसको घरमा पार्टी ।।
घरको गर्जो टार्नलाइ,
बिदेश गएका जनमा।
असुरक्षित महषुष भाछ,
सदा उनको मनमा।।
कतिबेला कस्तो खबर,
आउने हो स्वदेशबाट।
आपतकालीन टिकट काटी,
फर्किनु,पर्ने होकी बिदेशबाट।।
हाम्रै निम्ति बेचिराछ उ,
सुपथ मुल्यमा।
पढाइ पनि राम्रै छ सबको,
बुद्धि पुगेन केमा?
परिबारकोलाइ नै तड्पिराछ,
गर्मी छ ज्यानै पोल्ने।
हुनुपर्ने हो हामी दुखको कमाइ,जमाइ,
भबिस्यलाइ सन्ततीको सुन्दर ढोका खोल्ने।।
बाध्यताले बिदेश गाछन्,
तोते बोल्ने लाला बाला छोडी,
लाग्ने होइन गलत काममा सहि बाटोलाइ मोडी।।
श्रीमान र श्रीमती हुन,
एक रथका दुई पाङ्रा।
बिकृतीका कामहरुलाइ,
लगाउ दुबैले साङ्ला।।
बिकृती मुक्त घर बनाउ,
सबैजना मिलि,
अनि बन्छ समाज,देश,
सारा झिलिमिलि।।