आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बुङ्गल नगरपालिकामा बृहत देउडा प्रतियोगिता हुदै

बुङ्गल नगरपालिकामा बृहत देउडा प्रतियोगिता हुदै

  • बुधबार, फाल्गुन ११, २०७८
बुङ्गल नगरपालिकामा बृहत देउडा प्रतियोगिता हुदै

शिवजी मण्डेल / बझाङ– जिल्लाको बुङ्गल नगरपालिकामा बृहत देउडा प्रतियोगिता २०७८ हुने भएको छ । बुङ्गल साहित्य देउडा समाजको आयोजनामा र नगरपालिकाको समन्वयमा स्थानीय कला संस्कृति प्रदर्शनी तथा बृहत देउडा प्रतियोगितामा हुने भएको हो ।

सुदूरपश्चिमको कला र संस्कृतिको सम्मान स्वरुप बुङ्गल साहित्य देउडा समाजले विजगडामा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको समाजका अध्यक्ष शुरेश कुँवरले बताए । महाशिवरात्रीको अवसरमा फागुन १६ र १७ गते २ दिन प्रतियोगिता हुनेभएको छ ।

No description available.

बुङ्गल नगरपालिका विजगडा जाऔँ” स्थानीय कला संस्कृति र देउडा सँगै रमाऔँ, भन्ने मुल नाराका साथ फागुन १६ गते पञ्चेबाजा, फाग, मागल, छलिया, ढुस्को, धुमारी, ठाडी भाका र अन्य विभिन्न स्थानीय भाकामा नाचगान हुनेछ भने १७ गते सुदूरपश्चिम प्रदेशमा ख्याति प्राप्त देउडा कलाकारहरुको वृहत देउडा प्रतियोगिता हुने आयोजक कमिटीले जनाएको छ ।

सुदूरपश्चिमको कला गला र संस्कृतिको लोप हुँदै गैरहेको समयमा संस्कृतिको सम्मान, पहिचान र जगेर्ना गर्नका लागि स्थानिय कला सस्कृती प्रदर्शनी तथा वृहत देउडा प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष कुँवरको भनाइ रहेको छ देउडा प्रतियोगिता सहभागि हुन इच्छुक व्यक्तिहरूले , टिम फागुन १५ गते सम्म दर्ता गरिसक्न पनि अध्यक्ष कुँवरले बताए । कार्यक्रममा बझाङबासी सम्पूर्णलाई आउन र देउडा सँग रमाउन आयोजक कमिटीले आग्रह समेत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार