सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • जोखिम परिवारलाई खाद्यन्न र लुगाकपडा सहयोग

जोखिम परिवारलाई खाद्यन्न र लुगाकपडा सहयोग

  • सोमवार, फाल्गुन ९, २०७८
जोखिम परिवारलाई खाद्यन्न र लुगाकपडा सहयोग

जंग रावल/बाजुरा — बुढिगंगा नगरपालिका जोखिम तथा खाद्य संकट परिवारलाई खाद्यन्न तथा लुगाकपडा सहयोग गरिएको छ । नगरपालिकामा रहेका बाढीपहिरो पिडित, आर्थिक अबस्था कमजोर र अभिभाबक बिहिन २९ परिवारलाई शान्ति सेवा गृहको सहयोग र बडिमालिका खबरको समन्वयमा राहत बितरण गरिएको छ ।
राहत बितरण बुढिगंगा नगरपालिकामा रहेका अलपत्र परिवार तथा बेसाहारा परिवारलाई चामल, दाल, नुन, तेल सहयोग गरिएको स्थानिय मन बहादुर बोहोराले वताए । त्यस्तै लुगाकपडा, जुता सिलिपिङ्ग ब्याग सहयोग गरेको बोहोराले वताएका छन् । वडा सँगको सहकार्यमा अभिभाबक बिहिन बालवालिका छनोट गरेर सहयोग गरिएको हो ।
बुढिगंगा नगरपालिकामा खाद्यान्न समस्या भोगिरहेका पहिलो चरणमा २९ परिवारलाई खाद्यन्न सहयोग गरेको शान्ति सेवा गृह कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । अझै थप समस्या परेका खाद्यन्न अभाबमा अलपत्र परेका परिवारलाइ सहयोग गर्दै जाने उनले वताएका छन् । केही अभिभाबक बिहिन बालवालिकालाई संरक्षण गरेर पठनपाठन देखी पालनपोषण संस्थाले गरिरहेको छ ।
संकटमा बेला खाद्यन्न सहयोगले ठुलो सहयोग भएको बुढिगंगा नगरपालिका ९ बस्ने बस्ने गोरख खकि चदाराले वताए । खाद्य संकट समस्यामा परेका थियौ, ज्यालादारी काम गरेर परिवार पाल्ने गरेको थिए । परिवार पाल्न निकै समस्या भएको थियो । बिहाना बेलुका छाक टार्न निकै समस्या रहेको थियो, यो बेलाको सहयोगले केही समयका लागि खाद्यन्नको जोहो भएको वताए । शान्ति सेवा गृहले बाजुरामा यो भन्दा पहिला कोरोनाको संकटका बेला समस्या परेका परिवारलाइ खाद्यन्न सहयोग गरेको थियो ।
३६ बर्ष देखी Marianne grospietch बिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् । शान्ति सेवा गृहले बाजुरामा अलपत्र रहेका वालवालिका, उपचार नपाएर रोग पालिरहेका धेरैलाई उद्धार गरेको थियो । संस्थाले काठमाडौमो कोरोना संक्रमितलाई निशुल्क अक्सिजन सिलिन्डर, स्वास्थ्य संस्थामा स्वास्थ्य साम्रागि र अलपत्र परेकालाई खाद्यन्न सहयोग गरेको संस्थाले वताएकि कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार