सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा लगाएको ताला ४ दिनपछि खुल्यो

बुढिगंगा नगरपालिकामा लगाएको ताला ४ दिनपछि खुल्यो

  • बिहिबार, फाल्गुन ५, २०७८
बुढिगंगा नगरपालिकामा लगाएको ताला ४ दिनपछि खुल्यो

बाजुरा — बुढिगंगा नगरपालिकामा लगाएको ताला ४ दिन पछि खुलेको छ । नगर कार्यपालिकाका पदाधिकारी र स्थानीय बिचको बिभिन्न सहमती पछि ताला खोलेको हो ।
चार दिन अगाडीदेखी स्थानीयहरुले नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत चाहियो भन्दै तालाबन्दी गरेका थिए । नगरपालिकाको आर्थिक अधिकार सहित प्रमुख प्रशासकिय अधिकृत नहुदा स्थानीयलाई समस्या भएको भन्दै तालाबन्दी गरीएको थियो । बिहिबार बिहान वडा अध्यक्ष कार्यपालिका सदस्यहरु उप प्रमुख र स्थानीयको बार्तापछि ताला खोलिएको स्थानीयले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार