सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा बिबादै बिबाद, ३ दिनदेखी तालाबन्दी,अझै खाेलीने पत्ताे छैन

बुढिगंगा नगरपालिकामा बिबादै बिबाद, ३ दिनदेखी तालाबन्दी,अझै खाेलीने पत्ताे छैन

  • बुधबार, फाल्गुन ४, २०७८
बुढिगंगा नगरपालिकामा बिबादै बिबाद, ३ दिनदेखी तालाबन्दी,अझै खाेलीने पत्ताे छैन

बाजुरा– बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा सामान्य प्रशासन मन्त्रालयले पठाएकी प्रमुख प्रशासकिय अधिकृत कल्पना ठगुन्नालाई बिबादको घेरामा ल्याइएको छ । ठगुन्नाको नाममा प्रमुख प्रशासकिय अधिकृतको सिफारीस नगरपालिकामा आउने बित्तीकै बिबादित बनेकी छन । नगरपालिकाको कार्यपालिकाको बहुमतको निणर्यका आधारमा मन्त्रालयले सिफारीस गर्नुपर्ने भए पनि बुढिगंगा नगरपालिकामा ८ जना कार्यपालिकाको हस्ताक्षेरीत निणर्य गरेको भन्दै बिबादीत बनेकी छन । माघ १८ गते बसेको कार्यपालिकाको पुण बैठकले सुर्खेत गुर्माकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपसचिव कणर् बहादुर कुँवरको नाममा निणर्य गरी पठाएको भए पनि कार्यपालिकाको निणर्यलाई बदर गर्दै नगर प्रमुख दिपक बिक्रम शाह र उप प्रमुख तारा खाती थापा लगायत ८ जनाको बैठकको हस्ताक्षेरमा मन्त्रालयबाट कल्पना ठगुन्नाको नाम सिफारीस गरी प्रमुख प्रशासकिय अधिकृतको रुपमा पठाएको छ । सामान्य प्रशासन मन्त्रालयको ३ गतेको पत्र अनुसार बुढिगंगा नगरपालिकामा कार्यरत कर्मचारी कल्पना ठगुन्नालाई सिफारीस गरी पठाएको र सोको कार्यपालिकाको माघ २७ गते बसेको बैठकको निणर्य अनुसार भनिएको छ ।

No description available.
यता बहुमतका कार्यपालिका सदस्यहरुलाई आफुहरुलाई खवर नै नगरी कसरी २७ गते बैठक बसेर निणर्य गरियो भन्नेमा आन्दोलीत बनेका छन । २० जनाको कार्यपालिकाको बैठकमा बुहमत पुर्याउन ११ जनाको आबस्यक पर्ने भएकोले सो भन्दा कमको सख्यामा बैठक नै चल्दैन वडाअध्यक्ष हिरालाल थापाले बताए । उनले भने यो माघ २७ गते बसेको बैठक अबैधानीक रहेको बताएका छन । त्यसै गरी नगर प्रमुख बाजुरामा नरहेको अबस्थामा उपमेयर तारा खाती थापाले आफु निकट कार्यपालिका सदस्यहरु मात्रै बोलाएर गरिएको बैठक अबैधानीक भएकोले सो निणर्य कार्यपालिकाले नमान्ने अर्का वडाअध्यक्ष धर्मराज जैशीले बताएका छन ।

No description available.
त्यसै गरी यो निणर्य भएकै हो र यसको सबै जिम्मा नगर प्रमुख दिपक बिक्रम शाहले लिनुपर्ने भन्दै उप प्रमुख खातीले बताएकी छन । उनले आफ्नो कुनै गल्ती नभएको र यसमा मैले ८ जना कार्यपालिका सदस्य बोलाएर बैठक गरेको हो उनले स्विकार गरेकी छन । तर यो बैठक बोलाउने आदेश नगर प्रमुखले नै दिएकोले यो बिबाद उनैले मिलाउन पर्ने बताएकी छन ।

No description available.
बुढिगंगा नगरपालिकाका वडाअध्यक्षहरुले आज पत्रकार सम्मेलन गर्दै सो बिषयका यथार्तता नभएसम्म नगरपालिकामा ताला बन्दी गर्ने बताएका छन । ३ दिन देखी बुढिगंगा नगरबासीले प्रमुख प्रशासकिय अधिकृत चाहीयो भन्दै आन्दोलन गर्दै आएका भए पनि भोली देखी कार्यपालिकाका सदस्यहरु नै ताला बन्दी गर्न बाध्य हुने बताएका छन ।

३ दिन देखी तालाबन्दी
बुढिगंगा नगरपालिकामा ३ दिन देखी तालाबान्दी गरीएको छ । नगरबासीहरुले नगरपालिकामा ३ महिनादेखी प्रमुख प्रशासकिय अधिकृत चाहियो भन्दै तालाबन्दी गरेका हुन । नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नुहदा आर्थिक कारोबारोका साथै नगरपालिकाबाट हुने कामहरुमा बाधा भएको र नगरपालिकाको बिकाशका कामहरु नभएको भन्दै प्रमुख प्रशासकिय अधिकृतको माग गर्दै नगरबासीले तालाबन्दी गरेको बताईएको छ । यता नगर प्रमुख दिपक बिक्रम शाह भने बिदेश भ्रमणमा गएका छन । उनले यो सबै कुरा मिलाएर गएको भए यो समस्या नहुने उप प्रमुख खातीले बताएकी छन ।

No description available.

सो नगरपालिकामा केन्द्रीय तहका नेताहरु पुर्ब मन्त्रीहरु र सांसदहरुको नगरपालिका भएको भए पनि एक प्रमुख प्रशासकिय अधिकृत ल्याउन नसक्नु दुखद रहेको स्थानीयहरुको गुनासो रहेको छ । नेकपा एमालेका स्थाई कमिटि सदस्य तथा पुर्ब मन्त्री कणर् बहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य लाल बहादुर थापा, सुदुर पश्चिम प्रदेश सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह, प्रदेश प्रमुख देवराज जोशी सोही नगरबासी हुन । तर त्यहा राष्ट्रिय राजनितका अग्रणी ब्यक्तीत्व देखी बर्तमान २ जना सांसद र प्रदेश प्रमुख भएकै नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत चाहियो भन्दै नगरबासीले तालाबन्दी गर्नु हास्यस्पद भएको नगरबासीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार