• होमपेज
  • राजनीति
  • प्रधानन्यायाधीशविरुद्द महाअभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीशविरुद्द महाअभियोग प्रस्ताव दर्ता

  • आइतवार, फाल्गुन १, २०७८
प्रधानन्यायाधीशविरुद्द महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्द महाअभियोग प्रस्ताव दर्ता भएको छ। आइतबार बिहान प्रधानन्यायाधीशविरुद्द संसदमा महाअभियोग दर्ता भएको हो। सत्तारुढ गठबन्धनका सांसदहरुले जबराविरुद्द महाअभियोग दर्ता गरेका हुन्। सत्ता गठबन्धनका ९८ जना सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीशविरुद्द महाअभियोग गर्दा भएको स्रोतले बताएको छ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका सचेतक देव गुरुङ र एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक छन्। नेपाल बार एसोसियसनले लामो समयदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिस्कार गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार