• होमपेज
  • राजनीति
  • २७ औँ जनयुद्ध दिवसको अवसरमा

२७ औँ जनयुद्ध दिवसको अवसरमा

  • आइतवार, फाल्गुन १, २०७८
२७ औँ जनयुद्ध दिवसको अवसरमा
No description available.
  खकेन्द्र तिमिल्सैना खुमन

नेकपा माओवादी केन्द्र का नेता खकेन्द्र तिमिल्सैना खुमन ले २७ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना दिनुहुदै माओवादी केन्द्र मा सबै छरिएर रहेका माओवादी घटक दलहरुलाई एकता को आह्वान गरेका छन ।  उनले  माओवादी केन्द्रले महान जनयुद्ध सुरु गरेको दिनको सम्झनामा मनाइने यो दिबस को बिषेश महत्व रहेको पनि बताउनुभयो महान जनयुद्ध मा सहादत प्राप्त गर्नुहुने सहिदको सपना पुरा नभएको घाइते अपाङ्ग हरुको उचित व्यवस्थापन नभएको कुरा लाइ गम्भीर रुपमा लिनुपर्ने उनिहरु को परिवारलाई उचित क्षतिपूर्ति व्यावस्थापन हुनुपर्ने बेपत्ता पारिएका व्यक्तिको खोजी कार्य लाइ पनि सरकार ले प्राथामिकता दिनु पर्ने समेत जाेड दिएका छन ।

जनयुद्ध सुरु हुँदा यति ठुलो उपलब्धि होला कसैले नसोचेको परिस्थिती मा आज गणतन्त्र, संघियता धर्मनिरपेक्षता समानुपातिक प्रतिनिधित्व आदि थुप्रै अधिकार नेपाली जनतामा स्थापित भएको पनि उहाँ को दाबि छ केहि प्रतिगमनकारी शक्ति हरु प्राप्त उपलब्धि लाइ अहिले पनि उल्ट्याउने प्रयास मा लागेको भन्दै त्यो माओवादी रहुन्जेल दिवा सपना हुने उहाँको भनाई छ मुलुकको स्थिति बिभिन्न कोणबाट हेर्दा निकै जटिल र गम्भीर अवस्थामा पुगेको अहिले को परिस्थिति मा जनयुद्ध जनआन्दोलन बाट प्राप्त उपलब्धि लाइ जोगाउन सकिएन भने प्रतिगामी र यथास्थितिवादी हरु को चङ्गुलमा नेपाल फस्ने र देशी विदेशी चलखेल हस्तक्षेप नेपाल माथि हुने निकै ठुलो खतरा बढ्दै जाने समेत उहाँ को चिन्ता छ ।

माओवादी ले मान्छे मारेर आएको भन्ने हरु लाइ चुनौती दिदै उहाँले जनयुद्ध माओवादी ले नलडेको भए आज र राजा रजौटाहरु को दास भएर बस्नुपर्ने स्थिति हुन्थ्यो ति ढोगि हरु आज राजाको नोकर हुन्थे अर्को कुरा क्रान्ति युद्ध मा एकोहोरो बल प्रयोग हुदैन दोहोरो भिडन्तमा शाही नेपाली सेना बाट अधिकांश मान्छे ले जीवन गुमाएका छन यसलाई माओवादी ले गर्यो भन्ने हरु कुप्रचार मा लागेका र उनिहरू अझपनि त्यहि परिवेश मा थिचोमिचो सामन्ती प्रवृत्ति मा रमाउन सिकेका हरु नै भएको उहाँले बताउनुभयो एमसिसि को सन्दर्भमा बाहिर जति हल्ला भएको भएपनि माओवादी केन्द्र को अहिले को प्रष्ट बटमलाइन यथास्थितिमा राष्ट्रिय सहमति बिना जनताको भावना बिपरित संसोधन नगरेर पास गर्न हुदैन भन्ने रहेको यदि प्रधानमन्त्री देउवा ले संसदमा पास गराउन खाजे माओवादी केन्द्र विपक्षमा उभिने पनि उहाँ ले प्रष्ट पारेका छन।

चर्चामा

सम्बन्धित समाचार