• होमपेज
  • कला /साहित्य
  • आउछन जान्छन आउने जाने (गजल)

आउछन जान्छन आउने जाने (गजल)

  • आइतवार, फाल्गुन १, २०७८
आउछन जान्छन आउने जाने (गजल)

धन हुनेको मन हुदैन मन हुनेको धन हुदैन
यै भाग्य त छ जो चाहेर नि संशोधन हुदैन

आउछन जान्छन आउने जाने को त के कुरा
साथकै मान्छेसित पनि त आफ्नोपन हुदैन।

बैस हुदाँ त सोचिन्छन साहेद कैले मरिदैन
तर नसकिने तन अनि नढल्किने जोवन हुदैन।

एउटै कोखबाट जन्मिएका हौ भनेर नि के गर्नु
जब दाईको जस्तै मेरो पनि भाग्य ऐजन हुदैन ।

विश्वविध्यालय जाउ या जुनसुकै विषय पढ
वास्तममा व्यवहार भन्दा ठुलो अध्ययन हुदैन।

चर्चामा

सम्बन्धित समाचार