• होमपेज
  • कला /साहित्य
  • कोही सुरुंङ्ग खन्छन कोहि चौकिदार

कोही सुरुंङ्ग खन्छन कोहि चौकिदार

  • शनिबार, माघ २९, २०७८
कोही सुरुंङ्ग खन्छन कोहि चौकिदार

कोही सुरुंङ्ग खन्छन कोहि चौकिदार भए शन्तान,
सधै यसरी आर्कैको देशमा नै वेकार भए शन्तान।

देश भैन कहिले गुलाम तर नेतालेगरे सलाम सधै,
सुस्त सुस्त हाम्रो बिदेशिका हतियार भए शन्तान।

बिग्रियो सबै ढांचा देशको,नेताहरूको मनमानिले,
केही नेता बनी नवलेण्डुपझै औजार भए शन्तान।

संसारकै लागि मात्र बहादु्री गर्ने वीर पसिनाझार्दै,
गोर्खाली युवाहरू सधैभरी सदाबहार भए शन्तान।

फुटेकाहुन्छन युवा राजनीति पार्टीहरूको लहरमा,
आफ्नो देशको रक्षा गर्न किन लाचार भए शन्तान।

आफ्नो इमानदारी र बफादारीकै भारी बोकि युवा,
मात्र खान र लगाउनमै बिक्रि ब्यापार भए शन्तान।

चर्चामा

सम्बन्धित समाचार