भारतमा इन्दिरा गान्धीले सन् १९६९ मा सबै ठूला बैंकहरुको राष्ट्रीयकरण गरिन् । मुलुकको ढुकुटीको बोझको रुपमा रहेका ५ सय ६५ पूर्व राजा रजौटाहरुको (एचष्खथ एगचकभ) खुवा खान्की बन्द गरिदिइन् । नेपाली कांग्रेस पार्टीको पुरानो पुस्ताले यस्तो आक्रामक कदमको निम्ति उनलाई निष्काशनको कारवाही गर्यो । यिनै साहसीक कदमलाई आफ्नो मुख्य एजेण्डा बनाएर बाँकी साथीहरुलाई समेट्दै गान्धी चुनावमा गइन् ।
सन् १९७१ मा भारी बहुमत सहित निर्वाचित भएपछि संविधानमा २७ औँ संशोधन गरेर उनले पूर्व घोषित आफ्ना कार्यक्रम लागु गरिन् । सुरुका वर्षमा दब्बु, सोझी र लजालु भन्दै “ गूंगी गुडिया“ नाम दिइएकी उनै इन्दिरा गान्धी यिनै पपुलिस्ट कदमले भारतीय राजनीतिमा यसरी शक्तिशाली “आइरन लेडी“ बनेर उदाइन् थिईन । गान्धी मृत्यु हुँदाको बखत चौथो कार्यकालका लागि प्रधानमन्त्रीको पदमा बहाल थिइन् ।
“इन्दिरा गान्धीले गल्ती नगरेकी होइनन । राष्ट्रीय र अन्तरराष्ट्रीय सुरक्षा चुनौती देखाएर सन १९७५ देखी १९७७ सम्म भारतमा लगाइएको संकटकाल (इमर्जेंसी) ले भारतको प्रजातन्त्र कमजोर बनायो । तर समग्रमा (आइरन लेडी) को छबी बनाएकी इन्दिरा गान्धी महिला नेतृत्वका लागी एक प्रेरणा हुन ।” यस्तै उदाहरण बिश्वको इतिहास हेर्दा थुपै्र छन् ।
मुलुक निर्माणको महत्वपुर्ण पाटो मानिसको महिलाका बारे हाम्रो समाजमा अनेक प्रकारका मिथक छन् । महिलालाई कहिले देवीका रुपमा पुज्ने गरिन्छ त कहिले बोक्सीको आरोप लगाउदै चुल्ठो काटिन्छ । यी दुवै काम समाजको अतिबादी सोच हो, महिलाका सन्दर्भमा देवत्वकरण वा राक्षशीकरण दुबै जरुरी छैन् । महिला र पुरुष भन्ने विभेदनै आजका मितिमा असान्दर्भीक भै सक्यो । नारी देवी र गार्गी बन्न सक्छे भन्ने नै बलियो प्रमाण माथि इन्दिरा गान्दिको इतिहास हेर्दा पुग्छ । समाजलाई विभेद रहित नारी–पुरुष एकता चाहिएको छ ।
समाजमा एकले अर्कोलाई पार्ने चोटले त्यसको असर कुन तहसम्म पर्न सक्ने रहेछ भन्ने एउटा उदाहरण प्रस्तुत गरौं– २०४६ सालको जनआन्दोलन अघि भारतले नेपालको परिवर्तनमा सहज बनाउन नाकाबन्दी लगाएको थियो । त्यो समयमा भारतमा प्रधानमन्त्री थिए राजीव गान्धी, उनैकी अर्धागिनी श्रीमती सोनिया गान्धी नेपाल भ्रमणमा आईन, उनलाई तत्कालिन दरबारले पशुपति मन्दीर जानमा रोक लगायो, उनी इटालीमा जन्मिएकाले गैरहिन्दुलाई पशुपतिमा प्रबेशमा रोक लगाएको भनियो । मन्दिरभित्र जाने कुरा ठिक वा बेठीक बहसको विषय बन्न सक्ला तर, उनलाई तत्कालिन दरबारले गरेको बेइज्ततको बदला नेपालमा व्यवस्थानै परिवर्तनको निम्ति एउटा अबसर बन्न पुग्यो भनिन्छ । भनिन्छ– यो विषय २०४४÷२०४५ सालमा निकै हलचलको विषयनै बनेको बताईन्छ ।
यो सन्दर्भ किन जाडेका भन्ने लाग्न सक्न । नेपाली काँग्रेशले पछिल्ला दश बर्ष देखि भातृ संगठनको नेतृत्वमा पुरुषकै राज छ । सरकारले यही बैशाख ३० गते एकै चरणमा स्थानिय तहको निर्बाचन गर्ने गरी गरेको निर्णय स्वागत योग्य छ । यो निर्णय संगै स्थानीय चुनाव प्रदेश चुनाबमा मेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष मुख्यमन्त्री र भातृ संघठनको नयाँ नेतृत्वको जिम्मेवारीमा महिलालाइ प्राथामीकता दिएर इतिहास बदल्न कसोस । महिला नृत्वले पनि इतिहास बदल्न खुट्टा दह्रो टेक्नु पर्दछ । खुट्टा दह्रो टेक्न महिला र पुरुषको एकता हुनु पर्दछ ।