
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेतले मानसम्मान दिलाउने छ । बोली र विचारका प्रशंसकहरू बढ्ने छन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुने छ भने सानो प्रयत्नले ठूलो काम बन्ने छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने छ । सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुने छन् । लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइने छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुने छ । रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुने छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिने छ । पहिलेको सफलताले थप हौसला जगाउने छ । नयाँ कामको प्रस्ताव आउने छ भने सहयोगीहरू प्रशस्तै भेटिने छन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुने छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिने छ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुने छ । थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिने छ । भौतिक साधन जुट्ने छन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउने छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउने छ । तारिफयोग्य कामको चर्चा हुने छ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्ने छन् । अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि लक्ष्यमा पुग्न मुस्किल पर्ने छ । परिस्थितिवश चिताएको काम बीचमा रोकिन सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक उत्तरदायित्व वहन गर्दै लाभदायक जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिने छ । समुदायको हितमा राम्रै काम गर्न सकिने छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउने छ । उपलब्धिको स्रोत पहिल्याउन सकिने छ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुने छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिवश आँटेको काममा विलम्ब हुने छ । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्ने छ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिने छ । नयाँ काम थाल्न केही समय पर्खनु पर्ला । गरी आएको कामलाई निरन्तरता दिन सकिने छ । पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहे पनि शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्ने छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेको सफलताले हौसला जगाउने छ । नयाँ कामको प्रस्ताव आउने छ भने साथ दिनेहरू बढ्ने छन् । आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ । विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ । तर अधैर्य व्यवहारले आत्मसम्मानमा बाधा पुर्याउनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्ने छन् । तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतीहरूका लागि समय उत्साहजनक रहने छ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईष्या गर्नेहरूले हार खाने छन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिने छ । चुनौती चिर्दै काम बनाउन सकिने छ । मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुने छन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुने छ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा चिताएका काम सम्पादन हुने छन् । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्ने छ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउने छ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने छ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउने छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्ने छन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ला । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। फाइदाका लागि साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुने छन् । उद्योग र व्यापारमा फाइदा उठाउन सकिने छ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइने छ । विशेष उपहार हातलागी हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुने छ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइने छ ।
