शिक्षा आर्थिक नैतिक डांवाडोल पारेकाछन,
नागरिकलाई हिंजो आज जिउँदै मारेकाछन।
भ्रष्ट भन्दा पनि झनै भ्रष्ट भएछ देशको नीति,
राक्षेश संग मानवता असाय जस्तै हारेकाछन।
देशलाई सत्तासिनहरूलेनै तहस नहश बनाए,
सबै सम्पत्ति देशको उनिहरूले नितारेकाछन।
उठौं,जागौं नेपालीहरू सारा कङ्गाल देशभयो,
पानी गिट्टि बालुवा रूखहरू अन्तै सारेकाछन।
उत्खनन् हुन्छन काला र सेता ढुङ्गा दिनौराती,
देशलाई झन पछि झन गरिवि मा झारेकाछन।
हुँदैन बिकस छैन श्रोत साधनको कमि देशमा,
बिदेशीको इसारामानै बिकाशलाई टारेकाछन।
सुरेशकुमार पान्डे।