खानपिनको चक्करमा,
बेचिनुहुन्न आस्था।
नातावादलाई पछ्याउँदै ,
मोड्नुहुन्न रास्ता।।
जातीयताकालाई धुरीमा राख्ने काम,
गर्लान जनहरुले।
ठाडै तिरस्कार गर्नुपर्छ,
बर्गिय लडाइमा बिस्वास राख्ने मनहरुले।।
अन्यायमा परेउ भनि
नातापाता आउलान ।
घर भत्काउन उल्टा पाल्टा ,
कुराहरु लाउलान ।।
आफन्त पनि मानव हुन ,
भन्ने कुरा जानौ
गल्ती पनि मानवबाटै
हुन्छ भन्ने मानौ
सुधार्न त सकिन्छनि
अन्जानका गल्तिहरु ,
उदाहरण बन्नुभाछ कति ?
अग्रज हस्तिहरु ।।
सजाय त भोग्नै पर्छ,
गल्ती गरे पछि ।
लगानी नी लगाउनै पर्छ,
जनताको नेता बनेपछि ।।
नहतारिइ लाग्नुपर्छ ,
बास्तबिकता बुझ्न।
स्वरस्वरैमा दिनुहुन्न ,
स्वयमंको शिर झुक्न।।
घरमा बिपद पर्दाखेरी,
पाउ गर्बिलो बनाउ।
खुट्टा कमाइ कोइ कतै,
छेउतिर नलाउ।।
ढिलो चाडो बास्तबिकता,
आउँछ सबको माझ।
सिनो काधमा राखेउ भने,
गनाउछ आफ्नै काध।।
अझैपनि भएको ,
छैन धेरै बेर।
घमण्ड त्यागौ बनाउ,
सबले सुन्दर शान्त घर।।
कस्तो थियो ?हाम्रो नाम,
साथै पहिचान।
कति?मिल्थ्यो जनताबाट ,
अमुल्य सम्मान।।
गलतलाइ प्रोत्साहन होइन,
खबरदारी गरौ।
अमुल्य घरको छवि बचाउदै,
सबै अघि बढौ।।
गाली गलोज कुण्ठाको,
छैन गन्तव्य ।
गर्जन ठुलो भएकै भरमा,
हुदैन भैतब्य।।
नक्कली सबारी साधन चढी,
पुगिन्छ र कहाँ?
रहननै सकिन्न है,
पहिला थियौ जहाँ।।
दुर्घटना पनि हुनसक्छ ,
कच्चा गाडी चढ्दा।
नाम निसान पनि मेटिन सक्छ,
भिरालो तिर बढ्दा।।
गल्तीहरुको सजाय,
भोग्न तयार बनौ।
सकेसम्म आफ्ना गल्ती,
आफुले नै भनौ।।
सुध्रन कोशिश पनि,
आफुले नै गरौ।
राम्रो कामले समाजमा,
उदाहरण बनौ।।
अनि बन्छ घर, समाज,
देश सुन्दर हाम्रो ।
बिश्वब्यापी चर्चा चल्छ,
त्यहा कति राम्रो ।।
जनजन संक्षम भए,
गल्ती कम हुन्छ।
जनमुखी लडाइले,
छिट्टै शिखर चुम्छ।।