कसैलाई झुण्डायो कसैलाई गोलि ठोकेर मारेको थियो,
राणाहरूल त्योवेला पुरादेशलाई शोकमा पारेको थियो।
जव मारिए दशरथ चन्द अनि धरमभक्त माथेमा देशमा,
शोकले देशै भरीका जनताहरू बिद्रोहमा झारेको थियो।
मारियो गंगालाल र श्रेष्ठ झुण्डायो शुक्रराज शास्त्रि लाई,
मारेका लाश समेत रूखमा झुण्डाउँन ओसारेको थियो।
झुकनन् ति वीर क्रान्तिकारी राणाको त्यो दमनले कत्ति,
बिद्रोही जनताको अगाडि उ आफैले पनि हारेको थियो।
चाल चल्यो जनताको आन्दोलन रोक्न नसकेपछि उस्ले,
जातिय क्षेत्रियतामा पनि भाई भाईहरुलाई नारेको थियो।
दवाउँन त्यो बिद्रोहको लहर देश बिदेशमा निर्दोशहरूमा,
फैलाएर आतङ्ग राणा आफैले नै जताकतै खारेको थियो।
सुरेशकुमार पान्डे।