• होमपेज
  • कला /साहित्य
  • तपाइ भन्नुहुन्छ कर्माचारीलाइ संघियता चाहिएको छैन

तपाइ भन्नुहुन्छ कर्माचारीलाइ संघियता चाहिएको छैन

  • सोमवार, माघ १७, २०७८
तपाइ भन्नुहुन्छ कर्माचारीलाइ संघियता चाहिएको छैन

तपाइ भन्नुहुन्छ कर्माचारीलाइ
संघियता चाहिएको छैन ।
कर्मचारीलाइ संघियता चाहिएको छैन
नेताहरुलाइ शिष्टम चाहिएको छैन
युवा हरुलाइ खाडी चाहिएको छैन
बुढाहरुलाइ कुर्चि चाहिएको छैन
आखिर सबैको चाहाना के हो त ?

कर्मचारी संघीयताको मेरुदण्ड हो तर
त्यहि मेरुदण्ड भाँच्न खोज्नेको
जो राष्ट्रसेवक कर्मचारी कम अनि
पार्टी भातृ संगठन सदस्य बढी
जहा हुन्छ कर्मचारी माथी राजनिति
त्यहाँ हुन्छ कार्य सम्पादनमा गढबढी
म भन्दिन कर्मचारीमा दोष छैन

कर्मचारीलाइ दुःख दिने कर्मचारि नै हो तर
त्यो दर्गम बाजुराको होर्इन
होइन नत स्थानिय तहमा काम गर्ने हो
होइन नत वडा कार्यालयमा काम गर्ने
होइन नत प्राथामिक स्वास्थ्य चौकिमा काम गर्ने
न त हो त्यो सुदुर विध्यालयको शिक्षक

अनि सोध्नुहोला को हो
त्यो हो मन्त्रालयमा घुम्ने कुर्चिमा बसेर
नेता र मन्त्रिको चाकरि गर्ने
अवकास पछी पनि नियुक्ति खोज्ने
दुर्गम हुम्ला बाजुरा जिवनमा नरोज्ने
अनि तपाइ भन्नुहुन्छ कर्माचारिलाइ
संघियता चाहिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार