बाजुरा — बाजुराको बडिमालिका नगरपालिका वडा न ९ का बल दमाई उपचार अभावमा भौतारीरहेका छन । उनि शनिबार खर्कमा गोरु चराउन गएको बेला लडेर घाईते भएका छन । उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा लगिएको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
उनको उपचारका लागि जिल्ला अस्पताल बाजुराले डडेलधुरा रिफर गरेको भए पनि आर्थिक अभाव भएकोले उपचारमा समस्या रहेको उनका आफन्त प्रेम नेपालीले बताएका छन ।
उनलको घरको आर्थिक अबस्था एकदमै कमजोर भएको कारण उपचारमा समस्या भएको नेपालीले बताएका छन । उनि लुगा सिलाएर जिवीको पार्जन गर्दै आएका नेपालीको उपचारमा समस्या भएको आफन्तहरुले बताएका छन । उनकाे नाकमा गम्भिर चाेट लागेकाेले जिल्लामा उपचार हुन नसकि जिल्ला बाहीर पठाएकाे जिल्ला अस्पताल बाजुराले जनाएकाे छ । उनलाइ बाहिर पठाउन गाडी भाडा समेत नभएकाे पारिवारीक श्राेतले जनाएकाे छ ।