१.स्वर्ग चाहिन्न
यो धर्ती भए पुग्छ
पसिना झार्न।
२.शून्यता भित्र
जीवन खाेज्छु सधैं
भ्रममा पर्दा।
३.मायाकाे फुल
ढकमक्क भएर
बिस्तारै फुल्छ।
४.खल्तिमा राख्छ
काजु बदाम पेस्ता
मनमा छुरा।
५.साेचेर बस्छु
रङ्गिन दुनियाँमा
भावना शून्य।
६.गरेर मात्र
सिद्वान्तकाे कुराले
पेट भर्दैन।
७.रूप देखाई
मन देखाउँदैन
एैनाले किन?
८.जीवन यात्रा
भने जस्ताे सरल
हुन्न कहिले।
९.चुनाव जित्ने
सन्सद भित्र खेल्ने
भकारी भर्ने।
१०.नेता तर्सिए
डन हरु देखेर
साँचाे सुम्पिए।