सुरेशकुमार पान्डे– चल्दा चल्दैको बलियो संगठनलाई टुक्राएर सयुँक्त मोर्चाका कुरा गर्छन।किन चाहियो संयुक्त मोर्चा के सांच्चै क्रान्ति गर्नका लागि बनाउँन खोजेकाहुन त संयुक्त मोर्चा?यदि क्रान्तैनै गर्ने बिचार भए किन टुक्राउँछन संगठन?पक्कै पनि यो स्वार्थि खेलहो।यो स्वार्थि अभिनय किन र अभिनय कहिले सम्म?जनताको आकंक्षा सँगको यो खेल कहिले सम्म खेल्ने हुन यि पद लोलुपता र क्यारिरिष्टहरू।
देश जता सुकै जावस त्यो यिनिहरूलाई मतलब छैन जनतालाई उल्लु बनाउँने अनि आफु सिखरमा पुग्ने यिनको उदेश्यहो।कम्युनिष्टहरू पनि बुजुर्वा पार्टीहरू भन्दा पछि रहेनन्।
हिंजो दुई तिहाईको सरकारलाई टुक्राएर पुसको पाँच गते पछि लगातार बिभिन्न ब्यबहार अप्नाएर ओलिले देशलाई प्रतिगमन तर्फ डोराउँदा पनि ओलिलाई ठिक सम्झिनेहरू पनि यहिंछन।अहिले राजमोले प्रतिगनको बिरोधमा एकजुट भयका राजनीतिक पार्टीहरूलाई समर्थन दिंदा राजमोलाई दक्षिण पन्थि भन्छन।यिनिहरू संगठनमा छंदा सम्म मोहन बिक्रम सिहँको जीहजूर गर्नेहरू जव मोहन बिक्रम सिहँले उनिहरूले गरेको गलतिलाई नियाल्न थाल्छन त्यसपछि मोहन बिक्रम सिहँ दक्षिणपन्थि देखिन्छन र नेतृत्वलाई सराप्न थाल्छन।
अहिले आठौं महाधिवेशन पछि उनिहरूले भनेको जस्तै नभयपछि नेतृत्व पनि टिके भयो संगठन पनि दक्षिण पन्थि भयो।अब आफुहरू बामपन्थि मात्रै होईनन् महान क्रान्तिकारी हुन,आफुलाई आफैले घोषित गरेका क्रान्तिकारी हुनेहरूले बन्दुक बोक्न भर छैन।
हामिले चालिस बर्ष देखुन देखि रहेकाछौं यस्ता उग्रवामपन्थि र क्रान्तिकारी लप्फाजिहरूलाई।लुकिलुकि आफु हुर्केको संगठन फोर्न दुशसहास गर्नेहरू पनि क्रान्तिकारी हुन्छन?क्रान्तिकारीले बिचारको शंघर्ष गर्छन झुठको खेतिहोईन।अहिले उनिहरूले झुठको खेति गर्दै जनतामा भ्रम सिर्जना गर्दै आएकाछन त्यो एक प्रकारको कार्यतानै हो।एउटा क्रान्तिकारीले संगठनको भित्र बसेर वैचारीक शंघर्ष गर्छ भागेर जानेलाई हामिले भगौडानै भन्छौं।
हाम्रो संगठनबाट आफ्नो स्वार्थ पुरा नहुँदा यस्ता कयौं नेता लगातार भागेको ईतिहाशछ।उनिहरूले कस्तो क्रान्ति गरेकाछन त्यो सबैको सामुन्नेछ।कोहि त कम्युनिष्टको नामपनि छाडि सकेको पाल्टिमा लागेकाछन कोहि कता गएर खान मिल्छ भन्दै कहिले माओवादी कहिले एमाले तिर भौंतारिंदैछन तिनिहरूले छिट्टै क्रान्ति गर्न भनेर त होला एमाओवादीको पुच्छर छोपेका थिए।
विजय शर्मा देखि अहिले सम्मका आफुलाई क्रान्तिकारी भनौदाहरूको कुन हरिगतिछ त्यो कसैबाट लुकेकोछैन।अहिले आएर आर्कोले क्रान्तिगर्न संगठनलाई टुक्राउँने प्रयास गर्दैछन उनिहरूको कस्तो हाल हुनेहो त्यो देख्न अंझै बाकिछ।केहि त क्रान्ति गर्न प्रचण्ड पथमा पुगि सके उनिहरूले अब मार्क्सवादलाई पररिमार्जित गरेर छिट्टै क्रान्ति गर्नेछन।
कयौं हाम्रा मित्रहरूले अब भारतमा समान अन्तरको संगठन गठन गरेर क्रान्तिकारी आन्दोलनलाई कम्जोर पार्ने उनिहरूको मुख्य लक्षबनेकोछ।
संगठन बलियो भयपछि क्रान्तिको आधार बन्छ तर संगठनलाई टुक्रा पार्न कम्मर कसेकाहरू पनि आफुलाई क्रान्तिकारी भनेर जनतामा भ्रम छर्दैछन।त्यसको परिणाम जनताले बिस्तारै उनिहरूलाई तिरसकार गरेर दिंदै गयकाछन संगठनलाई चलाउलन त्यति सजिलो छैन जति फुर्शो धाग लगाउँन सजिलो हुन्छ।पांच सात जना जुटाएर टोल बनाउँदै
सबैले आफुलाई महान क्रान्तिकारी भन्छन हिंजो हाम्रो संगठनलाई फोरेर गयकाले पनि आफुलाई महान क्रान्तिकारी भन्थे अहिलेका मित्रहरूले पनि त्यहि भन्नुहुन्छ।अहिलेकाले त आजभन्दा पहिलेका वैमान अवसरबाद थिए हामि त्यस्ता हुनेछैनौ पनि भन्छन।हिंजो विमल जिले जो जता गएपनि लेखेर राख्नुस विमल शर्मा कतै जानेछैन भनेर एउटा भरिएको सभामा भन्नु भयकोहो।सबैभन्दा पहिले उनै विमलले समानतरको संगठन निरमाण गरेर देखाए।
हामिहरूले संगठन भित्रमा थुप्रै बिचार आउँछन कसैमा कसैको चित्त बुज्छ कसैमा बुझ्दैन तर पनि भित्र त्यस्ता बिचारधारा संग शंघर्ष गरेर जानुपर्छ भन्ने बिचारलाई समर्थन गर्छौ।
अनुसाशनमा रहेर संगठन भित्र बैचारिक शंघर्ष गर्ने सबैको अधिकारको बिषयहो र भित्र शंघर्ष गर्नुपर्छ।तर अनुसान बिहिन भयर जतापायो उतै बोल्दै हिंड्नेलाई हामिले गलत ठान्दछौं।
अहिलेपनि संगठनमा इमानदारी सँग काम गर्ने अरूले आत्मोलोचना गरेर संगठनमा फर्किन्छन भने संगठनको ढोका सधैभरी सबैको लागि खुलेको हुन्छ।
अहिले सम्म हामिले देखेको बिषय कम्युनिष्टको स्थापना काल देखि पार्टीले कसैलाई अनुसाशनको कारर्वहि गर्छ तर उ कार्वहिमा बस्नुको साटो उस्ले आफ्नो एउटा गुट आर्को बनाउँछ त्यहि प्रकारले अहिले सम्म त्यस्तै हुँदै आएकोछ।जव पार्टीले कसैलाई कार्वहि गर्छ उस्ले आर्को पार्टी खोलेर शंयुक्त मोर्चाको कुरागर्छ।यो क्रान्तिको लागि होईन बरू आफुलाई सिखरमा पुराउँन खेलेको एउटा खेलहो।
जहिले पनि संगठनलाई संगठनको कामको जिम्मालिएका ति पेसेबर नेताहरू बाट हुँदै आएहुन्छ।त्यसो हुनु भनेको उनिहरू पेसेवर पेसाका लागि भयकैले गर्दा हो भनेर मैले बुझेकोछुँ।त्यसो नभयको भए पार्टीले गरेको निर्णयलाई बोकेर हिंड्नुपर्ने हुन्छ।पार्टीले पेसेवर खटाउँनु भनेको पार्टीको बिकासको लागि हो त्यो कुरा नबुझेर उनिहरूले क्वायजको लागि आफ्नो सुख सूबिधा बढाउँनको लागि र पदका लागि आ-आफ्नो स्वार्थका लागि यो खेल खेल्नु भनेको पार्टी संगठन र जनताहरू संग गरेको गद्धारीनै हो।
जनता देश र पार्टी प्रति उत्तरदायि हुनेहरू ईमानदारी संग भित्र आफ्नो मत नडराएर राख्छन र भाईर त्यसलाई कार्यन्वयन गर्छन वा गर्नुपर्छ।जनवादी केन्द्रियताको आधारमा शंघर्ष गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ।अहिले पार्टी संगठनलाई टुक्रा पार्नेहरू नै आफ्नो अस्तित्वको रक्षाका लागि शंयुक्त मोर्चाका गफ लगाउँन थालेकाछन।आफ्नो घरमा आगो लगाएर दुश्मनलाई तताएका मित्रहरूले कस्तो खालको शंयुक्त मोर्चा बनाउँने र किन बनाउँने सिधै बन्दुक उठाएर बिना जनताको जनयुद्ध लडे भैहाल्छनी।