• होमपेज
  • समाचार
  • जब २२ महिनाको बच्चाले अनलाइनमा किन्यो लाखौँको सामान !

जब २२ महिनाको बच्चाले अनलाइनमा किन्यो लाखौँको सामान !

  • शनिबार, माघ १५, २०७८
जब २२ महिनाको बच्चाले अनलाइनमा किन्यो लाखौँको सामान !

काठमाडौं — कहिलेकाहीँ सानो बच्चालाई मोबाइल तथा इन्टरनेट चलाउन दिँदा ठूलै आपत् पर्दो रहेछ । अमेरिकाको न्युजर्सीमा एउटा २२ महिने बच्चाले अनलाइनमा झण्डै अढाई लाख रुपैयाँ बराबरको फर्निचर अर्डर गरेका छन् ।

अयांश कुमार नामका ती बालकले आफ्नी आमाको स्मार्टफोनबाट झण्डै २ हजार डलरका सामान अनलाइन अर्डर गरेका थिए ।

भर्खरै बनाएको घरमा विभिन्न सरसामान खरीद गर्नका लागि बच्चाकी आमाले आफ्नो मोबाइलमा वालमार्टको वेबसाइटमार्फत् अनलाइनमा खरीद गर्ने गरेकी थिइन् । जसको कारण उनको स्मार्टफोनमा वालमार्टको साइट लगइन भइरहेको हुन्थ्यो । एकदिन जब उनले घरको काममा व्यस्त हुँदा बच्चालाई आफ्नो मोबाइल फोन चलाउन दिएकी थिइन् तब बच्चाले मोबाइल चलाउने क्रममा वालमार्टको साइटबाट अनलाइनमा विभिन्न सामान खरीद गरेछ ।

घरमा एक्कासी फर्निचरका सामानहरु डेलिभर भएपछि बच्चाका बुवा र आमा छक्क परे। आफूले खरिद नै नगरेका सामान घरमा आएपछि उनीहरुले अनौठो मान्नु स्वभाविकै थियो । तर आमाचाहीँले जब आफ्नो मोबाइलमा आफ्नो वालमार्ट अकाउन्ट हेरिन् तब उनले आफ्नो अकाउन्टबाट विभिन्न फर्निचरका सामान खरीद भएको देखिन् ।

वास्तवमा मोबाइल खेलाउँदा खेलाउँदै बच्चाले कुर्सी, फूलको स्ट्याण्ड लगायतका विभिन्न फर्निचरका सामान अर्डर गरेछ । ती मध्ये कतिपय सामान त उनीहरुलाई घरमा आवश्यक नै थिएन ।

बच्चालाई भुलाउनका लागि मोबाइल दिँदा यसरी अनावश्यक खरीद हुन पुगेपछि बच्चाकी आमा मधु र बुवा प्रमोदलाई चिन्ता र हाँसो एकसाथ लाग्यो । अब बच्चालाई त्यस्तो बदमासी गर्नबाट रोक्नका लागि फोनमा पासकोड र फेसलक राख्न सुरु गरेको उनीहरु बताउँछन् । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार