अपच भएपछि सामाजिक सम्मान मान्छे भाग्नथाल्छन,
शिक्षा बाट नै हुनथालेपछि अन्जान मान्छे भग्नथाल्छन।
आफ्नो मन र मष्तिकमा उठेका समस्यलाई आज हिंजो,
आफैलेपनि त्यो गर्न नसेकि निदान मान्छे भाग्नथाल्छन।
समाजमा कामको सम्मान हुन्छ हुंन्न कत्ति महत्वकंक्षको,
आफै लोभको गर्ननसकि समाधान मान्छे भाग्नथाल्छन।
गुटबन्दि त समाजमा जस्तै अन्नमा लागेका घुन हुन्छनन्
नबुझेर त्यही मार्क्सवाद को उखान मान्छे भाग्नथाल्छन।
हामि एउटै परिवारका अनुसाशनमा बसौं देश बिदेश मा,
भनि पटकपटक गरेकैछौं आवहान मान्छे भाग्नथाल्छन।
अनुसाशनले पनि चिल्नथाल्छ कयौंलाई अरिंगाल जस्तै,
मन भित्र भरिएपछि स्वार्थकै सैतान मान्छे भाग्नथाल्छन।
आउँने जाने त लागि रहन्छ एकजना गएपछि दश आए,
किन योराम्रो छाडेर समाजिक शान मान्छे भाग्नथाल्छन।
सुरेशकुमार पान्डे।