म रचनाहरूमा सांच्चै हराउँन थालें सुस्त सुस्त,
हृदयभित्रमा साहित्यको दियो बालें सुस्त सुस्त।
प्रकृतिक र समाजबाट जन्मिएका श्रोत जुटाउँदै,
त्यहि उथलपुथललाई रचनामा ढालें सुस्त सुस्त।
सूर्य,चन्द्र,तारा उस्तै धर्ति र समाजलाई नियांल्दा,
आईपरेका ज्वाहारभाटा लाई खंगालें सुस्त सुस्त।
मानिसलाई देखें पैसाको पछि दौडेको समाजमा,
आफुलाई त त्यो दुर्घट्नाबाट सम्मालें सुस्त सुस्त।
आउँछन मन र मष्तिकमा दुई बिचार जहिलेपनि,
बढार्दै कुबिचार सकारत्मकलाई पालें सुस्त सुस्त।
मर्छन जन्मिन्छ मान्छेहरू तर मान्छे बनिरहन धौं,
आईलाग्दा मनका मयल सधै पखालें सुस्त सुस्त।
सुरेशकुमार पान्डे।