बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रेमको लागि आफ्नैं मृगौला दिए, गर्लफ्रेण्डले गरिन् अर्कैसँग बिहे

प्रेमको लागि आफ्नैं मृगौला दिए, गर्लफ्रेण्डले गरिन् अर्कैसँग बिहे

  • आइतवार, माघ ९, २०७८
प्रेमको लागि आफ्नैं मृगौला दिए, गर्लफ्रेण्डले गरिन् अर्कैसँग बिहे

काठमाडौं — प्रेमको लागि युवकले आफ्नो मृगौला दिए तर यति गर्दागर्दै पनि उनले निराशा बाहेक केही पाएनन्। यी युवकले यसबारे टिकटकमा खुलासा गरेका छन। यी युवकका अनुसार उनले आफ्नो मृगौला आफ्नी गर्लफ्रेण्डकी आमालाई दिएका थिए। तर, त्यसपछि उनकी गर्लफ्रेण्डले अर्कैसँग बिहे गरिन्।

द सनमा प्रकाशित एक रिपोर्ट अनुसार यी व्यक्तिको नाम उजिएल मार्टिनेज हो। उनी मेक्सिकोको बाजा क्यालिफोर्नियामा एक स्कुलमा शिक्षक छन्। उजिएलको एउटा भिडियो टिकटकमा भाइरल भइरहेको छ जुन भिडियोमा उनले आफ्नी गर्लफ्रेण्डबारे बताएका छन्। उजिएल मार्टिनेजका अनुसार उनले आफ्नी गर्लफ्रेण्डकी आमालाई आफ्नो मृगौला दिएका थिए किनकि उनले गर्लफ्रेण्डलाई निकै माया गर्थे। तर आमाको अपरेशनको एक महिनामा नै गर्लफ्रेण्डले उनीसँग ब्रेकअप गरिन्। त्यसपछि गर्लफ्रेण्डले अर्कै व्यक्तिसँग बिहे गरिन्।

उजिएलको यो भिडियो १६ मिलियन भन्दा धेरैले हेरेका छन्। यो भिडियो हेरेर मानिसहरुले उनीप्रति सहानुभूति प्रकट गरेका छन्। उजिएलले पछि एक भिडियो शेयर गरेर आफ्नी पूर्व गर्लफ्रेण्डसँग आफ्नो अहिले पनि मित्रता रहेको र आफूले उनलाई घृणा नगर्ने बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार