लामु यो सहयात्रा हाम्रो चोवालिस साल बाट चल्दैछ,
शंघर्षगर्दै यहि जीन्दगि पञ्चायति काल बाट चल्दैछ।
एक्लो यात्रामा साथ दिएर एक आर्काको मर्म बुझे सी,
एक रथाका दूई पाङ्ग्राझैं मयाँको प्रखाल बाट चल्दैछ।
हामिले त दुःख र सुखःलाई घाम र छांया जस्तै ठान्यौं,
भएन कुनै धन सम्पत्तिको मोह उस्तै हाल बाट चल्दैछ।
आफ्नो ईतिहाशको कथा कसैले लेख्छ लेख्दैन के था,
हाम्रो जीन्दगानी त संसारको देखेर बबाल बाट चल्दैछ।
चौंतिस बसन्तलाई पार गर्दैछ सहयात्रा को शंघर्ष हाम्रो
एकले आर्का लाई जोगाउँने बनेर यो ढाल बाट चल्दैछ।
हामिमा आएन परिवर्तन आउँथे ज्वाहारभाटाहरू पनि,
उडाउन सकिन हुरि र बतासले उस्तै चाल बाट चल्दैछ।