शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • प्रवाशमा मजदुरहरूको दयानिय अबस्था!

प्रवाशमा मजदुरहरूको दयानिय अबस्था!

  • सोमवार, माघ ३, २०७८
प्रवाशमा मजदुरहरूको दयानिय अबस्था!

सुरेशकुमार पान्डे — हिंजो आज प्रवाशी मजदुरहरूले आत्महत्या गरेको गम्भिर अबस्थालाई नियाल्दा दुःखलाग्छ।आखिर आफ्नो जीवन लिलानै समाप्त पार्ने अबस्था किन सिर्जित भएकोहोला भन्ने प्रश्नको उत्तरमा कयौंले कायर भएर,आईपरेका समस्यहरू संग संघर्ष गर्न नसकेकर पनि भन्छन।त्यो एउटा पाटो हो,आत्मा हत्या गर्नु कुनैपनि समस्यको हल हुंदैन।
तर यो अबस्थाको आन्तरिक पक्षलाई केलाएर हेर्नेहो भने कयौं जटिलता हरू फेला पर्छन।यो भन्दै गर्दा मेरो आत्महत्य गर्नु त्यसको समाधान हो भन्ने भनाई होईन तर पनि सबै बाटाहरू बन्द भएपछि नै मानिसले यो बाटो छोप्दो होला भन्ने मलाई लाग्छ।
हिंजो एकजना साथिले आत्मा हत्या गरे हामि उनको मलामे बाहेक अरू सहयोगि बन्न सकेनौ।उनि किन मरे त्यो रहश्यनै बन्यो।मालिकको ब्यबहार देख्दा त्यो आफै पनि उस्को मृत्युमा अत्याधिक चिन्तित देखियो।कसै कसलाई उन्ले घरमा फोन गर्दा अन्त फुन जानेर उस्ले पटक पटक त्यंहा फोन जांदा धम्काउँने गरेका कुराले उनि चिन्तित थिए भन्ने उन्को नजिकका साथिले भनेकाथिए।तर उनि किन आत्महत्या गरे त्यो एकप्रकारले रहश्यनै बन्यो।यस्ता आत्म हत्याका भारतस्थित नेपालीका धेरै भेट्टिन्छन।
यस्ता जोजति घटनाहरू भेट्टिन्छन तिनका बेग्ला बेग्लै कथा र ब्याथाहरू हुन्छन।
तर त्यो सबैको मुख्या र प्रमुख दोशि भनेको बिदेशि जीवननै हो।
हामि आफ्नै देशमा आफ्ना परिवारको माझमा बसेर झिना मसिना काम पाएको भए हामिले आफुमा आएका स-साना समस्यालाई आफ्नो परिवारमा सेर गर्न सक्थ्यो त्यसबाट धेरैजसो समस्यहरू समाधान हुनेथिए एसरी आत्माहत्यनै गर्नुपर्ने अबस्था आउँदैन थियो होला।परिवार भन्दा टाडा बस्नु पर्दाका पिढाले मानिसलाई डिप्रेशनको सिकार बनाई दिन्छ त्यो बाट पनि उनिहरू यस्तो पाईला चाल्न बाध्य हुन्छन।
धेरै पहिले एकजनाले आत्म हत्या गरेका थिए हामिले त्यो आत्म हत्याको अनुसन्धान गर्दा केपायौं भने त्यो युवा जवान घरछाडेको केहि बर्ष बितेको तर कुनै आफन्तिका घर आउँदा जांदा रातिमा उसैको महिलालाई रक्सिको नसामा छोप्न गयो।जब उस्लाई त्यस बारे ऐसाश भयो उस्ले आफु बाट भयानक गलति भएको ठान्यो किन कि उस्को कुनै नजिकको साईनो थियो होला।
त्यो युवाले आफु जीवीत नरहेकै राम्रो भनेर एउटा नहरमा हाम फाल्यो र आफ्नो जीवीन लिला खतमा पार्यो।त्यसतै प्रकारले एकजना ब्याक्तिले किन आत्म हत्या गर्यो भने उस्लाई उस्को श्रिमतिले छाडि अनि आर्को यस्तै महिला परपुरूष संग लागेपछि उस्ले पनि आत्म हत्या गय्रो।यस्ता कयौं घटनाहरू हाम्रो बिचमा आएका हुन्छन।
केहि दिन पहिले हामि कहाँ एउटा निविदेन आयो त्यो के भने उनिहरू चार पांच जनालाई एउटा फर्ममा केहिमैना देखि काम गराईन्छ तर न त उनिहरूलाई तलब दिन्छ न उनिहरूलाई त्यँहा बाट जान दिन्छ।उनिहरू मध्य एउटा युवाको मागको मैनामा बिहे हुने घरमा निश्चितछ तर मालिकले छुट्टि पनि दिंदैन अनि पैसापनि दिंदैन।फुन समेत खोसेर लुकाई दिन्छ त्यो अबस्थामा उनिहरू त्यंहा बाट कसरि उम्किने?
पत्ता गर्दा त्यो त्यँहाको गुण्डा पुलिसमा उस्को खिलाफ कयौं कम्पलैण्ड पहिले देखि तर पनि प्रसाशनले समेत उस्लाई केहि गर्न सक्दैन भने नेपाली मजदुरले के गर्न सक्छन?यस्तै घटनाहरूको सिकार प्रवाशमा काम खोज्दै हिंडेका नेपाली श्रमजीवीहरूको अबस्थाछ।
हामिले कयौं पटक होटेलमा कामगर्ने कर्मिलाई रोटी चिसो दियो भनेर बोरीमा हालेर टेक्टरमा बांधेर लतारि लतारी मारेको केस पनि संगठनको बलमा उस्लाई जेलहाल्न सकेका थियौं।दन्दुरमा हालेर मालिकले मारेको घटनाहरू पनिछन।कयौंलाई बदुंवा मज्दुर बनाएको लामूसमय पछि हामिले एकता समाजको माध्यायम बाट मुक्त पनि गराएका थियौं।कुखुराको फारममा खाल्टो खनेर गाडेको लाशलाई अट्ठार दिनपछि निकालेर बदमाशहरूलाई जेल भित्र पनि हालेका थियौं।यस्ता तमाम घटना हाम्रो माझमा दिनौदिन आईलागेका हुन्छन।
हामि भारतमा सन१९५०को शान्ति तथा मैत्रि सन्धिको तहत आएकाछौं।तर त्यो सन्धिमा प्रज्वलित अधिकारका लागि नेपाल सरकारले भारतको सरकारलाई एक शब्द बोल्दै बोल्दैन।छनलाई भारतमा नेपाली एम बेसी पनिछ तर दिनौदिन नेपाली श्रमजीवीहरूको श्रम सोशण मात्रै हुँदैन उनिहरूको ज्यान समेतको खतरा हुन्छ।झुठा आरोप लगाएर जेलमा पिटाएका कयौं उधारणहरूछन।सरकारले सन्धि गर्नु मात्र ठुलो कुरा होईन बेला बखतमा त्यो सन्धिनुसार आफ्ना नागरिकले आर्को देशमा सौलियत पाएकाछन कि छैनन?त्यो बारेपनि सरकारको ध्यान जानुपर्ने हो।तर नेपालले भारत संग असमान सन्धि गरेर आफु उसैको कटपुतलि बन्दै आएको छर्लङ्गैछ।
भारतमा नेपालीहरूको संगठन नभएको भए सरकारको भर मा एकदिन पनि नेपालीहरू बांच्न सक्ने थिएनन्।मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यक्रताहरूले आर्थिक नैतिक भौतिक रूपमा जनताको माझमा पुगेर आफ्नो ज्यानको प्रवाह नगरेर यंहाका धनि गुण्डा हिंशक जनवर तुल्य ब्याक्तिहरू संग जुझ्दै एकले आर्काको रक्षा गर्दै आएकोले आम सर्वसाधारणका लागि मूलपर्वहामा आस र बिस्वाश पलाएकोहो।
अहिले सम्म मूलप्रवाहले यस्ता कयौं घटनाहरू मा परेका पिढितहरूलाई उद्धार गर्दै आएकोछ।जुन ठाउँमा संगठन बलियो छ त्यो ठाउँमा स्थानिय गुण्डाहरूको केहि चल्दैन तर जंहा जहां संगठन कम्जोरछ त्यंहा भने उनिहरूले अहिले पनि मनमानि गर्दै आएकाछन।
कयौं नेपाली मज्दुरहरू यस्तै घटनाहरूमा परेका हुन्छन कतिपय बस्थामा उनिहरूलाई कयौं गुण्डाहरूले धम्काउने गरेकाले पनि सर्व साधारण ब्याक्ति डराएर डिप्रेशनमा परेर आत्महत्या समेत गर्न पुगेका हुन्छन।सरकारले आफ्नै देशमा रोजगारको ब्यबस्था गरेर युवाहरूलाई आफ्नो परिवार र समाजको बिचमा बस्न सक्ने बाताबरण सिर्जित गर्न सके हाम्रो समस्या समाधान हुनेथियो।
जुन सुकै अबस्थामा पनि आत्महत्या गर्नुलाई त सहि भन्न सकिदैन।त्यस्तो अबस्था सिर्जित हुन नदेउं प्रवासमा आएपनि संगठनको नजिक रहेर आफुलाई काम गर्ने ठाउँको ठेकाना स्थानिय समाजका कार्यक्रतालाई देंउ ताकि समाजका साथिभाईहरू संग भेट घाट हुन सकियोश,कुन ठाउँमा कस्ता ब्याक्तिहरू छन बुझेर मात्र काममा लागौं अन्यथा यस्ता घटना हरू रोक किनेछैनन्।यस्ता घटनाहरूलाई रोक्न सम्पुर्ण भारतस्थित नेपाली संगठित बनौ र मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको साथ दिएर संगठनलाई बलियो बनाउँ।
स्थानिय रूपमा जाल बिछाएर बसेका यस्ता धनि गुण्डहरू बाट आफुलाई बचाउँ र आर्कोलाई पनि त्यो ब्याक्तिको बारेमा जानकारी गराउँ ताकि आफुजस्तै आर्को मजदुर त्यो गुण्डाको चंगुलमा नपरोश त्यसको लागि पनि हामि सचेत हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार