बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • हिमाली गाँउपालिकाद्धारा बाढिपहिरो पिडित परिवारलाई राहत बितरण

हिमाली गाँउपालिकाद्धारा बाढिपहिरो पिडित परिवारलाई राहत बितरण

  • आइतवार, माघ २, २०७८
हिमाली गाँउपालिकाद्धारा बाढिपहिरो पिडित परिवारलाई राहत बितरण

बाजुरा —  बाजुराकाे हिमाली गाँउपालिकाले बाढिपहिरो पिडित परिवारलाई खाद्यन्न सहित त्रिपाल बितरण गरेको छ । उक्त गाँउपालिकाका बाढिपहिरो पिडित १ सय १२ घरपरिवारलाई खाद्यान्न र त्रिपाल बितरण गरेको हिमाली गाँउपालिकाले जनाएको छ । गाँउपालिकाले बाढिपहिरोबाट पिडित भएका परिवारलाई खाद्यन्न र त्रिपाल बितरण गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताए । आइबार एक कार्यक्रमका बिच हिमाली गाँउपालिकाको धुलाचौरमा बाढिपडित परिवारलाई एकै साथ बोलाई सहयोग तथा वितरण गरेको गाँउपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्ले बताएका छन् । यता गाँउपालिकाबाट सहयोग पाउँदा स्थानिय पीडित परिवार खुशी भएका छन् ।

लामो समय सम्म गाँउपालिकाबाट राहत पाइरहदा सबै पिडित परिवार सन्तोष जनक खुशी भएको स्थानिय उमेश रोकायाले बताए । राहत बितरण कार्यक्रममा गाँउपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले गाँउपालिका भरी ढिलै भएपनि जनताले पाउने सेवा,सुबिधा दिन तत्पर रहेको बताए । त्यस्तै जनता समक्ष भेटघाट गरि जनताका समस्या तथा चुनौतीहरुलाइ समाधान गर्ने काम गर्ने बिश्वास व्यक्त गरे ।

चर्चामा

सम्बन्धित समाचार