बाजुरा — बाजुराकाे हिमाली गाँउपालिकाले बाढिपहिरो पिडित परिवारलाई खाद्यन्न सहित त्रिपाल बितरण गरेको छ । उक्त गाँउपालिकाका बाढिपहिरो पिडित १ सय १२ घरपरिवारलाई खाद्यान्न र त्रिपाल बितरण गरेको हिमाली गाँउपालिकाले जनाएको छ । गाँउपालिकाले बाढिपहिरोबाट पिडित भएका परिवारलाई खाद्यन्न र त्रिपाल बितरण गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताए । आइबार एक कार्यक्रमका बिच हिमाली गाँउपालिकाको धुलाचौरमा बाढिपडित परिवारलाई एकै साथ बोलाई सहयोग तथा वितरण गरेको गाँउपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्ले बताएका छन् । यता गाँउपालिकाबाट सहयोग पाउँदा स्थानिय पीडित परिवार खुशी भएका छन् ।
लामो समय सम्म गाँउपालिकाबाट राहत पाइरहदा सबै पिडित परिवार सन्तोष जनक खुशी भएको स्थानिय उमेश रोकायाले बताए । राहत बितरण कार्यक्रममा गाँउपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले गाँउपालिका भरी ढिलै भएपनि जनताले पाउने सेवा,सुबिधा दिन तत्पर रहेको बताए । त्यस्तै जनता समक्ष भेटघाट गरि जनताका समस्या तथा चुनौतीहरुलाइ समाधान गर्ने काम गर्ने बिश्वास व्यक्त गरे ।