शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • एक्शन, सस्पेन्स र प्रेम समेटेको  “तिमी बिना” सार्वजनिक (भिडियाे सहित)

एक्शन, सस्पेन्स र प्रेम समेटेको  “तिमी बिना” सार्वजनिक (भिडियाे सहित)

  • आइतवार, माघ २, २०७८
एक्शन, सस्पेन्स र प्रेम समेटेको  “तिमी बिना” सार्वजनिक (भिडियाे सहित)

बाजुरा — एबि डिजिटल द्वारा निर्मित webseries ‘तिमी बिना’ रिलिज भएको छ । जसमा दमदार एक्सन, रोमान्स, पीडा समेटेर यो कथा लाई प्रस्तुत गरीएको छ ।

तिमी बिना नेपाल को पहिलो एक्शन र सस्पेन्स सिरिज हो । जसमा एक्शन डिरेक्टरमा नेपाली चलचित्रका प्रसिद्ध द्धन्द निर्देशक शुक्रराज शाह द्वारा गरिएको छ भने नयाँ तथा पुराना कलाकारको बेजोड प्रस्तुती देख्न सकिन्छ । उक्क्त सिरिज मा दिनेश तामाङ, रोहनी लामालाई मुख्य भूमिकामा देख्न सकिनेछ साथै कमल मैनाली, रोशनी सापकोटा, सरिता राजोपाध्यय ,गणेश दुलाल, पवन के. सी.,रश्मी आचार्य , प्रियंशा शाही ,अम्बिका अधिकारी, अमु क्षेत्री, विश्व लामा, सञ्जय थापाको अभिनय देख्न सकिनेछ । यस सिरिजको शब्द, संगीत, एरेन्ज रोशन बालुवाले गरेका छन् भने नब गायक अर्विन तामाङको श्वर रहेको छ । तिमी बिना webseries को कथा, सम्बाद, पटकथा रबिन दोङले लेखेका हुन् । पोस्ट प्रोडक्सन ojas film studio ले गरेको छ भने श्रृंगार रुबिना बुढाथोकी, छायांकन बासु न्यौपाने र सम्पादन नरोत्तम पाण्डे र श्याम कार्कीले गरेका हुन् ।

उक्त सिरिज लाई आहिलेको व्यस्त युवा निर्देशक अर्जुन गौतमले गरेका छन् । उनको भनाई अनुसार दर्शक श्रोताहरु बाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । यो सिरिज बिल्कुल अरु सिरिज भन्दा फरक रहेका बताएका छन् । एक्शन, सस्पेन्स र प्रेम समेटेको यो वेब सेरिज नेपालमै पहिलो पटक निर्माण भएको उनी बताउन् ।

चर्चामा

सम्बन्धित समाचार