शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • अफगानिस्तानलाई सहयोग गर्दै नेपाल

अफगानिस्तानलाई सहयोग गर्दै नेपाल

  • शनिबार, माघ १, २०७८
अफगानिस्तानलाई सहयोग गर्दै नेपाल

काठमाडौं — तालीबान सरकारले सत्ता कब्जा गरेसँगै मानविय संकट उत्पन्न भएको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मानवीय सहायता सामग्रीसहित आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा टोली काबुल जानेछ।

आइतबार बिहान ७:४५ मा परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकार सम्मेलनमार्फत अफगानिस्तानलाई उपलब्ध गराउने सहयोगका बारेमा जानकारी गराइने परराष्ट्र प्रवक्ता सेवा लम्सालले  जानकारी दिइन् ।उनले भनिन्, ‘आइतबार बिहान पत्रकार सम्मेलन छ । सो कार्यक्रममा परराष्ट्रमन्त्री ज्यूले अफगानिस्तानलाई के–के सामग्री सहयोगस्वरूप उपलब्ध गराउने जानकारी गराउनुहुनेछ । ’औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सार्क अध्यक्ष नेपालले सदस्य राष्ट्र अफगानिस्तानलाई सहयोग पठाउन लागेको हो। राष्ट्रसंघले समेत अफगानिस्तानलाई मानवीय सहयोगका लागि आह्वान गरेको छ। तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा मानविय संकट उत्पन्न भएको छ ।

अफगानिस्तानमा तालिबानीले सत्ता कब्जा गरेपछि त्यहाँका नेपालीमाथि सुरक्षा जोखिम बढेकाले सरकारले उद्दार कार्य गरेको थियो।अन्नपूर्ण पाेष्टबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार