मङ्लबार, माघ ४, २०७८
  • होमपेज
  • समाचार
  • जबर्जस्ती करणी गर्नेलाई जन्मकैद

जबर्जस्ती करणी गर्नेलाई जन्मकैद

  • शुक्रबार, पुस ३०, २०७८
जबर्जस्ती करणी गर्नेलाई जन्मकैद

रसुवा — जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवकलाई जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिए । भट्टराईले ६ वर्षीया बालिकालाई गत वर्ष माघमा जबर्जस्ती करणी गरेका थिए ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ तथा उपदफा ३ को (क) बमोजिम दोषी ठहर गरिएको हो । भट्टराईलाई जन्मकैदका साथै ६ लाख रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार