शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी बजार ब्यबस्थापन समितिद्धारा माघ २ गते देखी चरणबद्ध आन्दोलनको घोषणा

मार्तडी बजार ब्यबस्थापन समितिद्धारा माघ २ गते देखी चरणबद्ध आन्दोलनको घोषणा

  • बिहिबार, पुस २९, २०७८
मार्तडी बजार ब्यबस्थापन समितिद्धारा माघ २ गते देखी चरणबद्ध आन्दोलनको घोषणा

 बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बिद्युत अनियमितता भएको भन्दै मार्तडी बजार ब्यबस्थापन समितिको अगुवाईमा माघ २ गते देखी चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । मार्तडी बजार ब्यबस्थापन समितिले जिल्ला प्रशासन कार्यालय बाजुरा बिद्युत प्राधिकरण र त्रिबेणी साना जल बिद्युत केन्द्रमा ज्ञापन पत्र बुझाउदै आन्दोलन गर्ने बताएको छ । मार्तडी बजारमा बिद्युत नियमित नहुदा बजारमा रहेका बिद्युत संचालन गरिने ब्यबासायीहरुले हैरानी खेप्नुपर्ने बाध्यता रहेका भन्दै बजार ब्यबस्थापन समितिले ज्ञापन पत्र बुझाएको बजार ब्यबस्थापन समितिका सुरेन्द्र नाथले जानकारी दिएका छन ।
दैनिक ६ देखी १० घण्टाको लोडसेडीङले बजारबासीले हैरानी खेप्तै आएकोले सोको समाधान तत्काल गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । बजार ब्यबस्थापन समितिले माघ २ गते देखी चरणबद्ध आन्दोलन समेत गर्ने सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
बिज्ञेप्तीमा उल्लेख गरिए अनुसार माघ २ गते देखी दिउसो टर्चलाईट बालेर आन्दोलन गर्ने जनाएको छ । त्यसै गरी जिल्ला प्रशासन कार्यालय बाजुरा, बिद्युत प्राधिकरणको कार्यालय र त्रिबेणी बचत तथा रिण सहकारी संचालित बाजुरा साना जलबिद्युत केन्द्रमा तालाबन्दी गर्ने बजार ब्यबस्थापन समिति बाजुराले जनाएको छ । त्यसै गरी कालो पट्टी बाधेर बजारमा नाराजुलुस गर्ने, नगरपालिकामा धर्ना दिने लगायतका कार्यक्रमहरु तय गरिएको बजार ब्यवस्थापन समिति बाजुराले जनाएको छ । यातायात समेत अबरोध गर्नुका साथै बजार बन्द समेत गर्ने कार्यक्रम रहेको बजार ब्यबस्थापन समितिको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार