शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

  • बिहिबार, पुस २९, २०७८
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा भोटेको उद्धार गरिएको हो । सुत्केरी हुन हटिया स्वास्थ्यचौकी आएकी भोटेको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको थापाथली प्रसूतिगृहमा लगिएको हो ।

भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक अमृता तामाङले आमा र बच्चाको अवस्था गम्भीर देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौँ लैजान सिफारिस गरिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार