बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

  • बुधबार, पुस २८, २०७८
निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं — निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

उनका अनुसार सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ । ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुन्छ’ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार