शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • पत्नीको हत्यापछि आगो लगाएर भागेका युवक ७ वर्षपछि पक्राउ

पत्नीको हत्यापछि आगो लगाएर भागेका युवक ७ वर्षपछि पक्राउ

  • बुधबार, पुस २८, २०७८
पत्नीको हत्यापछि आगो लगाएर भागेका युवक ७ वर्षपछि पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगरमा पत्नीलाई हत्या गरेर आगो लगाएर भागेका युवकलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर जिल्ला स्थित ग्राम धन्सा घर भएका ३० वर्षीय सिकन्दर चमार उर्फ मुलायमलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

सिकन्दरलाई पुस २७ मा कपिलवस्तुको यशोधरा गाउँपालिका–६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले बताए ।

कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगर गाउँमा ससुराली आएका सिकन्दर चमारले २०७१ चैत १ मा पत्नी किस्लावती चमारलाई हत्या गरेर जलाएका थिए । फागुन ३० मा राति उनि पत्नीलाई साथमा लिएर ससुराली आएका थिए । सो रात खाना खाएर ससुरा सुखराम चमार गोठमा सुत्न गए । त्यसपछि पत्निलाई गाउँको दक्षिण पश्चिम स्थित भिन्कन आरखको रहरको खेतमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि आगो लगाएर उनि भारत भागेका थिए ।

‘हत्यापछि जलाएर आरोपी भागेका थिए’ डिएसपी धर्मराज भण्डारी भन्छन्–‘घरबाट ३ सय मिटर पर जलेको अवस्थामा शव फेला परेको थियो ।’

मुलायम र किस्लावती चमारको विवाह भएको दुई वर्ष भएको थियो । मृतकका बुवा सुखरामका अनुसार मुलायम विवाहेत्तर सम्बन्धमा थिए । सो सम्बन्धका कारण उनले आफ्नी छोरीको हत्या गरेको सुखरामले प्रहरीलाई बताएका छन् ।रातोपाटीबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार