शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाचार
  • करोडपति परेवा, जसको नाममा सयौं बिघा जमीन र लाखौँ नगद

करोडपति परेवा, जसको नाममा सयौं बिघा जमीन र लाखौँ नगद

  • मङ्लबार, पुस २७, २०७८
करोडपति परेवा, जसको नाममा सयौं बिघा जमीन र लाखौँ नगद

मानिसको नाममा लाखौं करोडौंको सम्पत्ति हुनु अनौठो होइन । तर जनावर तथा चराचुरुंगीको नाममा करोडौंको सम्पत्ति हुनु चाहीँ आश्चर्य नै हो ।

यस्तै आश्चर्य छिमेकी मुलुक भारतमा छ । त्यहाँ करोडपति परेवाहरू छन् । पत्यार नलाग्न सक्दछ, तर ती परेवाहरू यति धनी छन् कि उनीहरूको नाममा दर्जनौं पसलहरू, सयौं बिघा जमिन र लाखौँ रुपैयाँ नगद सम्पत्ति छ ।

राजस्थानको नागौर जिल्लास्थित जसनगर गाउँमा ती परेवाहरूको नाममा करोडौं रुपैयाँको सम्पत्ति छ ।

परेवाको नाममा २७ वटा पसल, १२६ बिघा जमीन र बैंक खातामा ३० लाख भारु मौज्दात छ । यतिमात्रै होइन ती परेवाहरूको नाममा १० बिघा जमीनमा सञ्चालित ४७० वटा गाई रहेको गौशाला पनि रहेको छ ।

वास्तवमा ४० वर्षअघि पूर्वसरपञ्च रामदीन चोटियाको निर्देशनमा दुई उद्योगपतिहरूले उक्त परेवा कोषको स्थापना गरेका थिए ।

परेवाको संरक्षण तथा नियमित दानापानीको व्यवस्थाका लागि गाउँमा २७ वटा पसल सञ्चालन गरेर ती पसल पनि परेवाकै नाममा गरिदिएका छन् । त्यहीँ कमाइबाट कोषले पछिल्लो ३० वर्षदेखि दैनिक तीन बोरा चारो परेवालाई खुवाउने गरेको छ ।

कोषले दैनिक करीब चार हजार भारु खर्च गरेर तीन बोरा धान परेवालाई खुवाउने गर्दछ । गौशालाका गाईका लागि पनि दानापानीको व्यवस्था कोषले गर्दछ । पसलको भाडा, दूध बिक्री तथा कृषि भूमिको भाडाबाट हुने आय पनि परेवा कोषमा दाखेल गरिन्छ । परेवा संरक्षण तथा पालनमा हुने खर्च कटाएर बाँकी रकम बैंकमा राखिएको छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार