शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • अमेरिका बस्ने नेपाली नागरिकले जन्मादिनको अबसरमा बाजुराका बालबालिकालाई जकेट उपहार

अमेरिका बस्ने नेपाली नागरिकले जन्मादिनको अबसरमा बाजुराका बालबालिकालाई जकेट उपहार

  • मङ्लबार, पुस २७, २०७८
अमेरिका बस्ने नेपाली नागरिकले जन्मादिनको अबसरमा बाजुराका बालबालिकालाई जकेट उपहार

बाजुरा — अमेरीका बस्ने नेपाली नागरिक बुवा नारायण खना र आमा छला खनालकी एक बर्षिया छोरी काब्य खनालको जन्मदिनको अबसरमा बाजुराको एक बिद्यालयका गरिव तथा बिपन्न बालबालिकाहरुलाई जकेट उपहार दिएकी छन । बाजुराको बुढिगंगा नगरपालिका वडा न १० मा रहेको सिगाडा माध्यामीक बिद्यालयका ५७ जना बालबालिकाहरुलाई जन्मदिनको अबसमार जकेटहरु उपलब्ध गराएको हो ।

No description available.
जन्मदिनमा भड्कीलो जन्मउत्सव मनाउन भन्दा गरिव तथा दिन दुखीको सहयोग गरेर मनाउन भन्ने उदेस्यका साथ पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिहंको समन्वयमा काब्य खनालको पहिलो जन्मउत्सवको अबसरमा बालबालिकालाई सहयोग गरेको सिंहले बताएका छन ।
सामाजिक कार्य गर्दा आफुलाइ खुशि लाग्ने बताउदे काब्यको जन्मउत्सव घरमै सीमित रहेर मनाउनु भन्दा फरक तरीकाले अरुलाइ सहयोग गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको काब्य खनालकी आमा छला खनालले बताइन ।

No description available.
जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यको आत्म साथ गर्दै खनाले आफ्नो छोरीको जन्मदिनको अवसरमा नेपालकै बिकट र दुर्गम गाउँको स्कुलमा सहयोग गरेकी बताएकी छन ।
जकेट बितरणको क्रममा सिगाडा माबिका शिक्षकहरुले सो कार्य गरिदिनुभएकोमा छला खनालको परिवारलाई धन्यबाद समेत ब्यक्त गरेका छन । गाउँमा यस्तो जाडोका सयमा कतिपय बालबालिका सामान्य लुगामा बिद्यालय आउने बालबालिकाहरुका लागि निकै राहत भएको उनले बताएका छन । जन्मउत्सवका अबसरमा बिद्यालयले केक काटेर जन्मदिन मनाएको थियो । सो कार्यक्रममा बडिमालिका खवरका कार्यकारि सम्पाद लक्ष्मीराज पाध्याय र प्रेस चौतारीका उपाअध्यष तथा नागरिक रैबारका कार्यकारी सम्पादक मदन बिकको समेत उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार