बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

  • सोमवार, पुस २६, २०७८
विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

काठमाडौं — रामेछापको गेलुमा कार्यरत एक शिक्षक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। मन्थली नगरपालिका-११ स्थित शारदा मावि गेलुमा कार्यरत शिक्षक दिनेशकुमार गुप्तालाई कक्षा ९ मा अध्ययनरत बालिकामाथि बाल यौन दूर्व्यवहार गरेको आरोपमा आइतबार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कक्षा ९ मा अध्यनरत बालिकालाई आइतबार बिहान विद्यालयको बाटो हुँदै घर आउनेक्रममा जबरजस्ती कोठाभित्र लगेर संवेदनशिल अंगहरुमा समाई बालिकालाई दुर्व्यवहार गरेका थिए। घटनाको प्रारम्भिक अनुसन्धानमा ‘गुप्ताले उत्तर पुस्तिका जाँच भइ सकेको छ हेर्न आउ भनि बोलाउँदा सरले कक्षा कोठा मै सुनाउनु हुन्छ आँउदिन भन्दा बाटोबाटै हात समाई जबरजस्ती कोठा भित्र लगि उत्तर पुस्तिका हेर्न लगाई संवेदनशिल अंगहरुमा समाएर बालिकालाई दुर्व्यवहार गरेको’ देखिएको प्रहरीले जनाएको छ।

सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका-२ स्थायी ठेगाना भएका उनी शिक्षकलाई बसोबासको लागि उपलब्ध गराएको विद्यालयको भवनमा बस्दै आएका थिए। आइतबार साँझै प्रहरीले गुप्तालाई पक्राउ गरी बाल यौन दुरुपयोग गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार