यस्तो समस्य समेत तालमेलगर्न न जानेर भएको हो,
खुल्म खुल्ला कु-बिचारले आपसमा हानेर भएकोहो।
नेता आफुले आफैलाई ठानेर हुँदैन कलापनि हुनैपर्छ,
कलाको बिकास बिना सधै सर्वमान्य ठानेर भएकोहो।
संगठनको झोला बोकेपछि उसैको बिचार बोक्नुपर्छ,
धेरै अराजक पनि त त्यहि बिचार न मानेर भएकोहो।
जो जस्ले आधाजीवन समाजकै सेवामा बिताएकोछ,
उसैमा कुनिति पलाउनु स्वार्थि हुरीले तानेर भएकोहो।
कयौंले पेसाको लागि झोला बोक्छन र नाडि छाम्छन,
पटक पटक फुट सधै उस्तै उस्तैलाई छानेर भएकोहो।
मलाई लाग्छ यँहा जनवादको बढि स्वतन्त्र भएको छ,
संगठन दरिलो र सुदृढ मात्र बिचारले बानेर भएकोहो।
जानेर कोई कसैलाई फालेको हुन्न झुठ कुरा टालिदैन,
सङ्कट उधारको नैतिक्ताले जीवीका धानेर भएकोहो।
सुरेशकुमार पान्डे।