शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • पत्रकार सिंहले लिएनन् मिडिया अवार्ड

पत्रकार सिंहले लिएनन् मिडिया अवार्ड

  • आइतवार, पुस २५, २०७८
पत्रकार सिंहले लिएनन् मिडिया अवार्ड

बाजुरा  — पत्रकार प्रकाश सिंहले पाएको बर्ष २०७८ को खोज पत्रकारिता मिडिया अवार्ड लिएका छैनन् । एलआईसि खोज पत्रकारीतमा मिडिया अवार्डका लागि अन्तिम चरणमा ५ जनाको नाम बाहिर सार्वजनिक भएको थियो । शनिवार काठमाडौ रहेको होटल सोल्टिमा भएको कार्यक्रममा ५ जना मध्ये पत्रकार प्रकाश सिंहलाई उक्त अवार्ड प्रदान गरेको भएपनि उनले उक्त अवार्ड लिन नगएकाे बताएका छन । मिडिया अवार्डको बारेमा राम्रो सँग जानकारी तथा मिडिया अवार्ड बारे विवाद भएपछि उनले यो अवार्ड नबुझेकाे बताए । नेपाल पत्रकार महासघ समेत बिबादीत बनेकाे हुदा सिहंले उक्त पुरस्कार बुझ्न गएनन ।
सिंह ११ बर्ष देखी पत्रकारीता पेशा आबद्ध रहेका छन् । सिंह पत्रकार मात्र नभइ सामाजिक सेवामा समेत काम गर्दै आएका छन् । सिंह पत्रकार महासंघ बाजुराका शाखाको निर्वतमान अध्यक्ष समेत हुन् । उनि दि हिमालयन टाईम्स, नेपाल टेलिभिजन र बडिमालिका खबरमा आबद्ध रहेका छन् । उनि मौसफुलमा बसेर पनि खोज पत्रकारका रुपमा स्थापीत हुदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार