बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौंको एक घरमा युवक-युवती मृत फेला

काठमाडौंको एक घरमा युवक-युवती मृत फेला

  • शुक्रबार, पुस २३, २०७८
काठमाडौंको एक घरमा युवक-युवती मृत फेला

काठमाडौं — काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला परेका छन् ।

बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । उनीहरु डेरामा सँगै बस्दै आएका थिए ।

बिहीबार राति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार