शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा फेरि बढ्न थाल्यो कोरोना, एकैदिन ५४० जना संक्रमित

नेपालमा फेरि बढ्न थाल्यो कोरोना, एकैदिन ५४० जना संक्रमित

  • बिहिबार, पुस २२, २०७८
नेपालमा फेरि बढ्न थाल्यो कोरोना, एकैदिन ५४० जना संक्रमित

काठमाडौं — पछिल्लो २४ घण्टामा देशभरि थप ५४० जनामा कोरोना संक्रमण देखिएको छ। १२ हजार ९९ नमूना परीक्षण गर्दा ५४० जनामा संक्रमण देखिएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण १ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७१ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमासक्रिय संक्रमितको संख्या ५ हजार ४३१ पुगेको छ।

केही दिनयता संक्रमीतको संख्या बढ्दो क्रममा रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ४३५ जनामा कोरोना संक्रमण देखिएको थियो। बुधबार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको थियो।

मंगलबार ९ हजार ३२९ जनाको परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो। सोमबार ३२६ जनामा कोरोना संक्रमण देखिएको थियो। ९ हजार ७०० पीसीआर र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण पुष्टि भएको थियो।

आइतबार २१६ जना कोरोना संक्रमित थपिएका थिए। ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको थियो। शनिबार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार सात पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३८२ जनामा संक्रमण पुष्टि भएको थियो।

चर्चामा

सम्बन्धित समाचार