सबैको उपचारछ तर वहेमको कतै उपचार छैन,
मन मष्तिकमै भरिएको हुन्छ कत्ति आकार छैन।
मित्र बिरोधकै लागि बिरोध गर्ने मन नै भए पछि,
यस्कै माथि टेकेर छलफल गर्ने कुनै आधार छैन।
सके सम्म मर्म बुंझौ एउटै सन्तानहौं तपाई हामी,
छल छाम गर्नेहरू सिधान्तमा पनि बफादार छैन।
एउटा मौका पनि हो एक आर्का लाई चिन्ने हामी,
बिस्वास गर्नुश मात्र सङ्का चिर्ने त औजार छैन।
छलफलमा भाग लिनुस र संगसँगै हिंडौला फेरी,
बर्ग शंघर्ष कम्जोर पार्न कसै लाई पनि सार छैन।
हाम्रो मन मष्तिक सकारत्मक हुन्छ भने मित्र जी,
यो परिवार लाई छुट्टाउँन सक्ने कुनै हथियार छैन।
सुरेशकुमार पान्डे।