बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका प्रमुख जिल्ला अधिकारीकाे सरूवा, उपेन्द्र पाैडेल आउँदै

बाजुराका प्रमुख जिल्ला अधिकारीकाे सरूवा, उपेन्द्र पाैडेल आउँदै

  • बिहिबार, पुस २२, २०७८
बाजुराका प्रमुख जिल्ला अधिकारीकाे सरूवा, उपेन्द्र पाैडेल आउँदै

बाजुरा –– बाजुरा जिल्ला प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीकाे सरूवा भएकाे छ । करिव ९ महिना बाजुरा जिल्लाकाे प्रमुख जिल्ला अधिकारीकाे रूपमा काम गरेका सिडियाे अधिकारीकाे बढुवा संगै सरूवा भएकाे हाे ।

प्रजिअ अधिकारी उपसचिवमा बढुवा भइसकेपछी मन्त्रालयमा सरूवा भएकाे छ भने   इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा आउने भएका छन  ।

गृह मन्त्रालयले ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को सरुवा गरेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार झापा, सुर्खेत, बागलुङ, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, इलाम, रुकुम पश्चिमलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाएको हो । जसअनुसार जिल्ला प्रशासन कार्यालय झापामा सहसचिव छवि रिजाललाई खटाएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा गरिएको छ । बागलुङको सिडिओमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ ।

यसैगरी बझाङको प्रमुख जिल्ला अधिकारीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई सरुवा गरिएको छ भने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा गरिएको छ ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने दार्चुलाका सिद्ध राज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ ।

ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयका उपसचिव दिल कुमार तामाङ रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानालाई सरुवा गरिएको प्रशासन सिंहदरवार स्रोतले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार