शनिबार, मंसिर २१, २०८२

गजल!

  • मङ्लबार, पुस २०, २०७८
गजल!

अब एम सी सी सँगै संघियता पनि फाल्नु पर्छ,
साम्राज्यवाद का सबै जसो किल्ला ढाल्नु पर्छ।

आन्धि तुफान बनेर देशभक्तहरूको यो देशमा,
अबको पालो देशभित्रको फोहोर पखाल्नु पर्छ।

जुट किसान उठ ज्यामि देशको मुहार फेर्नलाई,
गाउँ गाउँ बस्ति बस्तिमा अब मसाल बाल्नु पर्छ।

खबरदारी गरौं अब ति सबै शडयन्त्रकारी लाई,
हामिसबै जनताले देशभक्ति पाईला चाल्नु पर्छ।

यो राष्ट्रीय अभियान सम्झेर देशभक्तहरू ले नि,
शंघर्षको महान अभियान आजैबाट थाल्नु पर्छ।

हुन्छन गाउँ सहरमै लुकि बसेका नव लैण्डु पनि,
अबको पालो दलाल र गद्धारलाई खगाल्नु पर्छ।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार