बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • राजनीति
  • क्रान्तिको नाममा भ्रान्तिको यात्रा!

क्रान्तिको नाममा भ्रान्तिको यात्रा!

  • बिहिबार, पुस १५, २०७८
क्रान्तिको नाममा भ्रान्तिको यात्रा!

सुरेशकुमार पान्डे।

जाने साथिहरूले भन्नु हुन्छ मसालले क्रान्ति गर्दैन यो सुधारबादी भयो दक्षिण पन्थि भयो अनि कुम्लो बोकेर टाप कस्नु हुन्छ।ठिकछ मसालले क्रान्ति गरेन अनि उँहा क्रान्ति गर्न जानुहुने महान क्रान्तिकारी साथिहरू क्रान्तिकारी बाटोमा पुग्नु भयो त?अहिले सम्म क्रान्ति गर्न गएका साथिहरू कुन ठाउँमा गएर पतन हुनुभयो यो बारम बार भन्न नपर्ला किन कि ति क्रान्ति गर्न मसाल बाट कुम्लो कसेर गएकाहरूको लामु लिष्ट हुन्छ।यो स्यानो लेखमा नअटाउला।
कतिपय जागरणमा जानु भएका मित्रहरूले भन्नु हुन्छ “हाम्रो बिगतका केहि दक्षिण पन्थि अवसरबाद सँग तुलना गर्नु हुँदैन।”हिंजो लक्षिराम र लोकेन्द्र लम्साल जि पनि त्यहि भन्नु भयको थियो।अहिले उहाँहरू मसालको नाम उपयोग गरेर पार्टी एकता भन्दै प्रचणडको हातको माला लगाउँनु भयो।
कतिपय जागरणका साथिहरूले बक्तब्य निकालेर उँनिहरूलाई अबसरबाद भन्दै नेकपा मसाल दक्षिण पन्थि संसद बादी पार्टीमा बसि रहनु भन्दा धन्न आफ्नै बर्गमा पुग्नु भयो भनेर खुसि ब्याक्त गर्छन।अव जागरणका साथिहरूलाई नेकपा मसाल राजमो भन्दा ए माओवादी वा एमाले ठिक भएको देखिन थालेकोछ।त्यो बक्तब्य लेख्ने साथि राजमो बाट संसदमा सभासद भएर जागरण तिर जानु भएको हो।जसले नेकपा मसाललाई दक्षिण पन्थि संसदबादी दलको शंज्ञा दिनु भयकोछ।
राजमो ले देशको अबस्थालाई मुल्यांकन गरेर हिंजो ओलिको प्रतिगामि पाईला लाई रोक्न सबैभन्दा पहिला बामपन्थिहरूको एकताको माग गय्रो त्यो बेला ओलिको चरम भारत परस्त र प्रतिगामि तानासाही पाईला चालेको बेला उस्लाई रोक्न अनिवार्य थियो।
त्यो बेला प्रतिगामिको बिरूद्धमा अगाडि आएका राजनीतिक पार्टीलाई समर्थन दियो।त्यो दिनैपर्ने आबस्याकता र अबस्था थियो।यो आफ्नो पार्टीको स्वार्थ भन्दा देशको हितमा उठाएको पाईलाहो भनेर बुझ्न सक्नुपर्छ।हामिले सबैभन्दा पहिले देशको हितलाई प्राथमिकता दिंदै आएको पार्टीको जनमकाल देखिको ईतिहाशछ।देशको रक्षाको लागि पार्टीले बारमबार आवाज उठाउँदै आएकोछ भन्ने कुरा लामू समय सम्म राजमोमा बसेका साथिहरूलाई हामिले भन्नु पर्दैन।हिंजोका दिन हरूमा फुटपरस्त गतिबिधि गर्नेहरूको बिरूपद्धमा उँहाहरू द्वारा लेखिएका अहिले जागरणका संस्थापक हरूका लेख पढ्दै आएकाछौँ हामिलेपनि।हिंजो अरूले कुम्लो कस्नेबेला उनिहरूलाई बिभिन्न आरोप लगाएर लेखेका लेख हामि सँग शुरक्षितछन।आज मसाललाई गालि गरेर क्रान्तिको तिर्खा मेटाउँन खोज्नेहरू कुन कुवामा गएर डुब्लान भनेर अहिलेनै हामिले भन्नुपर्दैन समयले उनिहरूको अबस्थालाई जनताको माझमा ल्याई दिनेछ।बरू हामिले कुनै साथिले मसाल छोडेर गएपनि उस्ले दिएको पार्टीलाई योगदान भुल्दैनौँ।
हामिले त अहिले सम्म राजमो र मसाल बाट गएका साथिहरूले कतै क्रान्तिकिरी आन्दोलनमा लागेको पाएनौ त्यसैले भन्छौ साथि यो क्रान्तिको नाममा भ्रान्तिको खेति नगरौं।
यसबाट हामि कसैलाई पनि फाईदाछैन बरू हाम्रो फुटले प्रतिकृयावादीलाई बलमिल्नेछ।हामि बाट जाने साथिहरूले जुन नीतिको हामिले बिरोध गर्दै आयौं त्यसैलाई फाईदा पुराउँन गएकाछन।हामिले संघियताको बिरोध गर्दा काठमाण्डौ केन्द्रित आन्दोलनमा नेतृत्व गर्ने डिलाराम संघियताको पक्षमा पुगे,अहिलेका लोकेन्द्र लमसालहरू एमसीसी लाई पास गर्न ए माओवादीमा पुगे।हिंजोको प्रचण्डको बकतब्यमा प्रष्ट भनेकाछन हाम्रै सरकारको पालामा एमसीसीमा हश्तक्षेर भएकोहो।हामिले एति ठुलो आर्थिक सहयोग लाई नकार्न सक्दैनौ”भनेका थिए।आखिर लोकेन्द्रजी हरू कुन ठाउँमा पुग्नु भयो त?
यिनैहरूको मात्र उधारणलेपनि देशको लागि लडेको त नेकपा मसाल र राजमो मात्रै रहेछ यिनिहरू त मसाल भित्र बसेर मसालको देशभक्ति क्रार्यक्रममा अबरोध तेर्छाउँदा रैछन भन्ने कुराको यसैले पनि पुष्टि गर्छ।यस्ता ब्याक्तिहरू निक्लेर जानैपर्छ र मात्र पार्टीले काम गर्ने मौका मिल्छ।
को ठिक को बेठिक भन्ने कुरा पार्टी छाडेर जांदा मात्रै पुष्टी हुँदैन गएका साथिहरूले छोपेको बाटोलाई मुल्यांकन गर्दा प्रष्टै हुन्छ।
राजमोले त प्रष्ट पार्दै आएकोछ “अहिले बन्दुक पट्काउँने अबस्थानै छैन आएपछि कसैले भन्नु पनि पर्दैन।”अहिलेको अबस्था भनेको जनशंघर्षको हो जसमा निरन्तर पार्टी कृयासिलछ।
पार्टी कुनै एकजनाको होईन पार्टी भनेको त बहुसंख्यक ब्याक्तिहरूको साझाहो।यसमा बिभिन्न खाले मानिसहरू हुन सक्छन छन पनि।यँहाभित्र बिभिन्न बिचारको जनम हुन्छ छलफल हुन्छ अनि पारीत भएको बिषय पार्टीको आधिकारीक एजेण्डा बन्छ त्यसैलाई लिएर जनतामा जानेगरिन्छ।बुजुर्वाहरूले झैं यो फलानाको निर्णयहो मेरो होईन भनेर जनतामा जाने छुट कम्युनिष्ट पार्टीभित्र हुँदैन।त्यसैले एउटा बुजुर्वा पार्टी भन्दा कम्युनिष्ट पार्टी अनुसाशित हुन्छ।एक जना नेताले के गय्रो के भन्यो भन्नु भन्दापनि सिंग्गो पार्टीको लाईन बारे छलफल गर्न सक्नुपर्छ।फलानाले के के भन्यो फलानाले के गय्रो त्यो गोण बिषयहो।एकजना कम्युनिष्टले कुनैब्याक्तिको चरित्रहत्या गर्ने काम गर्दैन बरू उसमा भयको सबल पक्षलाई जनताको बिचमा ल्याएर कम्युनिष्ट आन्दोलनमा जनतालाई सहभागि बनाउछ।
पार्टी कुनै एकजनाको प्याउते हुँदैन यसमा थुप्रै ब्याक्तिको लगानि र सिंगो देशको भबिश्य अन्तरनिहित हुन्छ।साथिहरू हतास निरास र कुण्ठा ग्रस्त भएर यो लामु संगठानिक यात्रामा हिंड्न सकिदैन।त्यहि भयर पनि थुप्रै साथिहरू आफुले भनेको जस्तो नहुँदा कुण्ठित भएर पलायन गर्छन।उनिहरूले आफुजाने बेला म मेरै कम्जोरिले जांदैछुँ भन्न लाजमानेर आफुलाई अब्बल क्रान्तिकिरी देखाउँन खोज्छन तर त्यो भ्रमको खेति फुल्न र फल्न सक्दैन र बिस्तारै नाग्गिदै जान्छन।

चर्चामा

सम्बन्धित समाचार